२०८२, ३० आश्विन बिहीबार

एमाले केन्द्रीय कमिटी बैठकमा आज पनि धारणा राख्ने क्रम जारी, ओलीको प्रस्तावमाथि बहस तीव्र

एमाले केन्द्रीय कमिटी बैठकमा आज पनि धारणा राख्ने क्रम जारी, ओलीको प्रस्तावमाथि बहस तीव्र


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक दोस्रो दिन बिहीबार विहान ८ बजेबाट सुरु भएको छ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने क्रम जारी छ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार राखिसकेका थिए भने आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ। सबै सदस्यले बोल्ने हो भने बैठक अझै केही दिन लम्बिने सम्भावना देखिएको छ।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको छ। निर्धारित समय पार गरेपछि स्वतः माइक बन्द हुने व्यवस्था गरिएको छ। सदस्यहरूको पालो वर्णानुक्रमअनुसार उल्टो ‘ज्ञ’ अक्षरबाट सुरु गरिएको छ। बुधबार ‘र’ बाट सुरु हुने नाम भएका सदस्यहरूले धारणा राखेका थिए।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा हालको सत्ता समीकरण, प्रतिपक्षमा एमालेको भूमिकाको प्रभावकारिता, संगठन सुदृढीकरण र आगामी महाधिवेशनका विषयहरू समेटिएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले यी विषयमाथि विभिन्न दृष्टिकोण राखिरहेका छन्।

कतिपय सदस्यहरूले एमालेले संघर्षमुखी प्रतिपक्षीय भूमिकालाई जनमुखी अभियानमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् भने केहीले कांग्रेस–माओवादी गठबन्धनको असफलता जनतामाझ सशक्त रूपमा उजागर गर्नुपर्ने मत राखेका छन्। संगठन सुदृढीकरणका सन्दर्भमा सदस्यहरूले प्रदेशस्तरमा देखिएका असन्तुलन र कार्यकर्ता सक्रियतामा आएको सुस्तीबारे पनि ध्यानाकर्षण गराएका छन्।

बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। महाधिवेशनलाई विचार, संगठन र नेतृत्व सुदृढीकरणको अवसरका रूपमा अघि सारिएको छ। तर, आन्तरिक रूपमा केही सदस्यहरूले दीर्घकालीन नेतृत्वका सवालमा पुस्तान्तरणको बहस सुरु गर्नुपर्ने सुझाव पनि दिएका छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : ०१ बजे

सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघ्यो, चाँदीको भाउमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा ठूलो वृद्धि आएको

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने, ४२ करोड थान नोट आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट

ग्लोबल आइएमई बैंकले १९औं वार्षिक साधारण सभा बोलायो, लाभांश वितरणको तयारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी प्रतिनिधि सभा

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन सुरु, सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन बिहीबार