२०८२, ३० आश्विन बिहीबार

सिंह र साह जस्वपामा सनाखत गर्न जाँदा झडप

सिंह र साह जस्वपामा सनाखत गर्न जाँदा झडप


जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह नयाँ जन स्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न निर्वाचन कार्यालय पुगेका बेला झडप भएको छ।

तिनीहरूलाई जनमत पार्टीका नेता–कार्यकर्ताले रोक्न खोज्दा सामान्य झडप भएको थियो। कार्यकर्ताले सिंहको गाडीमाथि आक्रमण गर्न खोजे पनि सुरक्षाकर्मीहरूले तोडफोड हुनबाट जोगाएका थिए। मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जस्वपा गठन गरेको हो। नयाँ पार्टीको अध्यक्षमा दिपककुमार साह चयन भएका छन्।

साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा निष्कासन गरेको थियो। नयाँ पार्टीका तीन उपाध्यक्षहरू हुन्: सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह। नव गठित पार्टीलाई निर्वाचन आयोगले पनि मान्यता दिएको छ। आयोगको बैठक मंगलबार बसेर जस्वपालाई दलको मान्यता दिएको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ३ : ४८ बजे

देउवा दम्पतीलाई विदेश जान रोक्ने तयारी स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र

सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघ्यो, चाँदीको भाउमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा ठूलो वृद्धि आएको

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने, ४२ करोड थान नोट आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट

ग्लोबल आइएमई बैंकले १९औं वार्षिक साधारण सभा बोलायो, लाभांश वितरणको तयारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी प्रतिनिधि सभा