२०८२, १ फाल्गुन शुक्रबार

सिंह र साह जस्वपामा सनाखत गर्न जाँदा झडप

सिंह र साह जस्वपामा सनाखत गर्न जाँदा झडप


जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह नयाँ जन स्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न निर्वाचन कार्यालय पुगेका बेला झडप भएको छ।

तिनीहरूलाई जनमत पार्टीका नेता–कार्यकर्ताले रोक्न खोज्दा सामान्य झडप भएको थियो। कार्यकर्ताले सिंहको गाडीमाथि आक्रमण गर्न खोजे पनि सुरक्षाकर्मीहरूले तोडफोड हुनबाट जोगाएका थिए। मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जस्वपा गठन गरेको हो। नयाँ पार्टीको अध्यक्षमा दिपककुमार साह चयन भएका छन्।

साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा निष्कासन गरेको थियो। नयाँ पार्टीका तीन उपाध्यक्षहरू हुन्: सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह। नव गठित पार्टीलाई निर्वाचन आयोगले पनि मान्यता दिएको छ। आयोगको बैठक मंगलबार बसेर जस्वपालाई दलको मान्यता दिएको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ३ : ४८ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको