२०८२, १५ पुस मंगलबार

पार्टी केन्द्रीय कमिटी बैठकको मिडिया ब्रिफिङ गर्दै प्रचार विभाग प्रमुख गौतम

पार्टी केन्द्रीय कमिटी बैठकको मिडिया ब्रिफिङ गर्दै प्रचार विभाग प्रमुख गौतम


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी बैठकका विषयमा पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले मिडिया ब्रिफिङ गर्नुभएको छ।

गौतमले बैठकमा भएका मुख्य राजनीतिक र संगठनात्मक छलफलबारे सञ्चारकर्मीसँग जानकारी साझा गर्नुभयो। उहाँका अनुसार बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महाधिवेशन मिति तथा स्थानसम्बन्धी प्रस्ताव, र पार्टीभित्रको एकता सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिरहेको छ ।

ब्रिफिङका क्रममा गौतमले पार्टी नेतृत्वको एकतालाई बलियो बनाउने र संगठनलाई आगामी निर्वाचनका लागि तयार पार्ने उद्देश्यका साथ बैठक सञ्चालन भइरहेको बताउनुभयो । उनले थपे, “एमाले अहिले जनताको पक्षमा ठोस नीति र स्थायित्वको एजेन्डा लिएर अघि बढिरहेको छ। पार्टी नेतृत्वले देशलाई अस्थिरताको अवस्थाबाट निकाल्ने दिशामा गम्भीर तयारी गरिरहेको छ।” गौतमका अनुसार बैठकले आगामी महाधिवेशनको मिति, स्थान र कार्यसूचीबारे चाँडै आधिकारिक निर्णय गर्नेछ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ३ : १० बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले