२०८२, १७ चैत्र बुधबार

पार्टी केन्द्रीय कमिटी बैठकको मिडिया ब्रिफिङ गर्दै प्रचार विभाग प्रमुख गौतम

पार्टी केन्द्रीय कमिटी बैठकको मिडिया ब्रिफिङ गर्दै प्रचार विभाग प्रमुख गौतम


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी बैठकका विषयमा पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले मिडिया ब्रिफिङ गर्नुभएको छ।

गौतमले बैठकमा भएका मुख्य राजनीतिक र संगठनात्मक छलफलबारे सञ्चारकर्मीसँग जानकारी साझा गर्नुभयो। उहाँका अनुसार बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महाधिवेशन मिति तथा स्थानसम्बन्धी प्रस्ताव, र पार्टीभित्रको एकता सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिरहेको छ ।

ब्रिफिङका क्रममा गौतमले पार्टी नेतृत्वको एकतालाई बलियो बनाउने र संगठनलाई आगामी निर्वाचनका लागि तयार पार्ने उद्देश्यका साथ बैठक सञ्चालन भइरहेको बताउनुभयो । उनले थपे, “एमाले अहिले जनताको पक्षमा ठोस नीति र स्थायित्वको एजेन्डा लिएर अघि बढिरहेको छ। पार्टी नेतृत्वले देशलाई अस्थिरताको अवस्थाबाट निकाल्ने दिशामा गम्भीर तयारी गरिरहेको छ।” गौतमका अनुसार बैठकले आगामी महाधिवेशनको मिति, स्थान र कार्यसूचीबारे चाँडै आधिकारिक निर्णय गर्नेछ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ३ : १० बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका