२०८३, ९ भाद्र बुधबार

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने प्रस्ताव

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने प्रस्ताव

मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ।”


काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गर्नुभएको हो। अध्यक्ष ओलीको प्रस्तावबारे अहिले बैठकमा छलफल भइरहेको र अन्तिम निर्णय बैठककै निष्कर्षअनुसार हुने जनाइएको छ। ओलीले प्रस्ताव गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ। पार्टीको नीतिगत, संगठनात्मक तथा नेतृत्व पुनर्गठनका एजेन्डामा यस महाधिवेशनमा छलफल हुने अपेक्षा गरिएको छ। हाल एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वसम्बन्धी बहस चलिरहेको छ। सोही सन्दर्भमा ओलीले मंगलबारको बैठकमा प्रतिक्रिया दिंदै भनेका थिए – “मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ।”

एमाले केन्द्रीय कमिटीको बैठकले आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, नीति परिमार्जन र कार्यदिशा निर्धारणका प्रस्तावहरू पनि छलफलमा राखेको छ। पार्टीका अनुसार, औपचारिक मिति र स्थानबारे निर्णय केन्द्रीय कमिटी बैठकले केही दिनभित्र सार्वजनिक गर्नेछ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  २ : ५३ बजे

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै