२०८२, २९ आश्विन बुधबार

म हट्ने नहट्ने फेसबुकले होइन, कमिटीले भन्छ : अध्यक्ष ओली

म हट्ने नहट्ने फेसबुकले होइन, कमिटीले भन्छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको नेतृत्वबाट हट्ने–नहट्ने निर्णय सामाजिक सञ्जालले होइन, पार्टीको आधिकारिक संरचनाले गर्ने बताएका छन्।

मंगलबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वबाट हट्न तयार रहेको तर त्यसको निर्णय केन्द्रीय कमिटी वा महाधिवेशनले मात्र गर्न सक्ने स्पष्ट पारे।

उनले भने, “मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ। कमिटीले जसरी भन्छ, त्यसको आदेशमा म जुनसुकै निर्णय गर्न तयार छु।”

ओलीले पार्टीभित्रको आन्तरिक छलफल र निर्णय प्रक्रियालाई सम्मान गर्नुपर्ने बताउँदै संगठनलाई सुदृढ बनाउँदै अघि बढ्न सबैलाई आह्वान गरे।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १ : २४ बजे

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा प्रवेश, ओमानसँगै काट्यो टिकट

काठमाडौं। नेपालले लगातार दोस्रोपटक टी-२० विश्वकपमा सहभागिता जनाउने ऐतिहासिक उपलब्धि

एमाले केन्द्रीय कमिटी बैठक : ५० सदस्यको धारणा, भोलि बिहान ८ बजे पुनः बैठक बस्ने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु भएको

मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको

सिंह र साह जस्वपामा सनाखत गर्न जाँदा झडप

जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व