२०८२, २ माघ शुक्रबार

तस्बिरहरुमा: बागमहलमा एमाले केन्द्रीय कमिटी बैठक

तस्बिरहरुमा: बागमहलमा एमाले केन्द्रीय कमिटी बैठक


काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेल स्थित रामबाग महलमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिमा छलफल गरेका छन् ।

बैठकमा पार्टीको ११औँ महाधिवेशनको मिति र स्थान निर्धारण, नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन र संसद पुनर्स्थापनासँग सम्बन्धित रणनीतिहरूमा विचार विमर्श हुने जनाइएको छ। अध्यक्षको राजनीतिक प्रतिवेदनपछि क्षेत्रगत रूपमा इच्छुक सदस्यहरूलाई धारणा राख्न अवसर दिइनेछ ।

बैठक तीन दिनसम्म चल्नेछ र यसमा पार्टी एकताको सन्देशसँगै वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्ने रणनीतिमा विशेष जोड दिइनेछ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १ : १९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा