२०८२, १५ पुस मंगलबार

जेनजी विद्रोह रोक्न सकिन्थ्यो, जनता बाहेक अरूबाट लोकतन्त्र बच्दैन: ओली

जेनजी विद्रोह रोक्न सकिन्थ्यो, जनता बाहेक अरूबाट लोकतन्त्र बच्दैन: ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा उनले २३ र २४ गतेको जेनजी घटनाको विस्तृत जिक्र गर्दै विगतमा रोक्ने प्रयास भएको तर विभिन्न कारणले सफल नहुने कुरा बताए।

अध्यक्ष ओलीले भने, “यस्ता घटना आकस्मिक हुनसक्छन्, सानो कुरा पनि ठूलो रूपमा फैलिन सक्छ। उनीहरूले प्रयास गरिरहेका थिए, हामी रोक्न सक्छौं भन्ने सोच थियो। राज्य संयन्त्रको प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो, तर सकिएन। लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन्। जनताले नै बचाउने हुन्।”

उनले पार्टीलाई सचेत रहन र त्यस्ता गतिविधि रोक्न आफ्नो तयारी अवस्थामा रहनुपर्ने सुझाए। साथै संविधानमा भएको हमलालाई निस्तेज पारेर लोकतन्त्रको रक्षा गर्न केन्द्रित रहनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १ : ०९ बजे

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत