२०८२, १५ पुस मंगलबार

बागमहलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

बागमहलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

देश प्रतिक्रान्तितर्फ गएको छ


काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज ललितपुरको जावलाखेलस्थित रामबाग महलमा सुरु भएको छ। यो बैठक अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएयता पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठक हो ।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। प्रतिवेदनमा सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलको शीर्ष नेतृत्वसँग संवाद नगरेको, र निष्पक्ष चुनावको सम्भावनामा शंका रहेका विषय समेटिएका छन् ।

साथै, बैठकले पार्टीको ११औँ महाधिवेशनको मिति र स्थान तय गर्ने तयारीमा छ। संविधान र लोकतान्त्रिक गणतान्त्रिक पक्षसँग सहकार्य गर्दै संसद पुनर्स्थापनाको एजेण्डा सशक्त रूपमा उठाउने विषयमा छलफल हुनेछ ।

अध्यक्षको प्रतिवेदनपछि क्षेत्रगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न तीन मिनेट समय दिइनेछ। नेतृत्व परिवर्तनदेखि पार्टी पुनर्गठनसम्मका विषयमा पनि बैठकमा विचार गरिने जनाइएको छ। बैठक तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १२ : ५८ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले