२०८३, ३० भाद्र बुधबार

बागमहलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

बागमहलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

देश प्रतिक्रान्तितर्फ गएको छ


काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज ललितपुरको जावलाखेलस्थित रामबाग महलमा सुरु भएको छ। यो बैठक अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएयता पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठक हो ।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। प्रतिवेदनमा सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलको शीर्ष नेतृत्वसँग संवाद नगरेको, र निष्पक्ष चुनावको सम्भावनामा शंका रहेका विषय समेटिएका छन् ।

साथै, बैठकले पार्टीको ११औँ महाधिवेशनको मिति र स्थान तय गर्ने तयारीमा छ। संविधान र लोकतान्त्रिक गणतान्त्रिक पक्षसँग सहकार्य गर्दै संसद पुनर्स्थापनाको एजेण्डा सशक्त रूपमा उठाउने विषयमा छलफल हुनेछ ।

अध्यक्षको प्रतिवेदनपछि क्षेत्रगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न तीन मिनेट समय दिइनेछ। नेतृत्व परिवर्तनदेखि पार्टी पुनर्गठनसम्मका विषयमा पनि बैठकमा विचार गरिने जनाइएको छ। बैठक तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १२ : ५८ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको