२०८३, १२ कार्तिक बिहीबार

सभामुखले बोलाएको संसद विघटनसम्बन्धी बैठकमा रास्वपा अनुपस्थित

सभामुखले बोलाएको संसद विघटनसम्बन्धी बैठकमा रास्वपा अनुपस्थित


काठमाडौं । संसद विघटनको सन्दर्भमा राय लिन सभामुख देवराज घिमिरेले सोमबार बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित रहेको छ। बैठकमा प्रतिनिधिसभा विघटन हुनुअघि रहेका प्रमुख दलका प्रमुख सचेतकहरूलाई आमन्त्रण गरिएको थियो।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी भए पनि रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार भने अनुपस्थित रहे। नेपाल प्रेससँगको कुराकानीमा परियारले आफू पार्टीको सचिवालय बैठकमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको जानकारी दिए। “म सचिवालय बैठकमा छु, आउन सक्दिन भनेर जानकारी गराएको थिएँ,” उनले भने।

बैठकमा सभामुख घिमिरेको छेउमा राखिएको एउटा कुर्सी खाली देखिएको थियो, जसले उपस्थितहरुको ध्यान खिच्यो। सभामुखको सचिवालयका अनुसार सो कुर्सी राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालका लागि राखिएको थियो।

सभामुखको कार्यालयले दाहाललाई बैठकमा बोलाए पनि उनी अर्कै बैठकमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको जानकारी दिएको छ। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सो कुर्सी विशेष अवसरमा विशिष्ट व्यक्तित्वहरू (प्रधानमन्त्री, विदेशी अतिथि आदि) का लागि राखिने गरिन्छ।

“त्यो कुर्सी सँधै हुन्छ,” अधिकारीले भने, “विदेशी कुटनीतिज्ञ, प्रधानमन्त्रीजस्ता विशिष्ट व्यक्तिहरू आउँदा त्यहाँ बस्ने गरिन्छ। आज राष्ट्रिय सभा अध्यक्ष आउन नसक्दा खाली रह्यो।”

संसद विघटनको विषयमा राजनीतिक दलहरूको धारणा लिने उद्देश्यले बोलाइएको यो बैठकलाई आगामी राजनीतिक मार्गचित्र बनाउने प्रयत्नका रूपमा हेरिएको छ। तर, केही प्रमुख पक्षहरूको अनुपस्थितिले बैठकको प्रभावकारिता र समावेशितामा प्रश्न उठाएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ११ : १६ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल