२०८२, १७ चैत्र बुधबार

सभामुखले बोलाएको संसद विघटनसम्बन्धी बैठकमा रास्वपा अनुपस्थित

सभामुखले बोलाएको संसद विघटनसम्बन्धी बैठकमा रास्वपा अनुपस्थित


काठमाडौं । संसद विघटनको सन्दर्भमा राय लिन सभामुख देवराज घिमिरेले सोमबार बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित रहेको छ। बैठकमा प्रतिनिधिसभा विघटन हुनुअघि रहेका प्रमुख दलका प्रमुख सचेतकहरूलाई आमन्त्रण गरिएको थियो।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी भए पनि रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार भने अनुपस्थित रहे। नेपाल प्रेससँगको कुराकानीमा परियारले आफू पार्टीको सचिवालय बैठकमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको जानकारी दिए। “म सचिवालय बैठकमा छु, आउन सक्दिन भनेर जानकारी गराएको थिएँ,” उनले भने।

बैठकमा सभामुख घिमिरेको छेउमा राखिएको एउटा कुर्सी खाली देखिएको थियो, जसले उपस्थितहरुको ध्यान खिच्यो। सभामुखको सचिवालयका अनुसार सो कुर्सी राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालका लागि राखिएको थियो।

सभामुखको कार्यालयले दाहाललाई बैठकमा बोलाए पनि उनी अर्कै बैठकमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको जानकारी दिएको छ। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सो कुर्सी विशेष अवसरमा विशिष्ट व्यक्तित्वहरू (प्रधानमन्त्री, विदेशी अतिथि आदि) का लागि राखिने गरिन्छ।

“त्यो कुर्सी सँधै हुन्छ,” अधिकारीले भने, “विदेशी कुटनीतिज्ञ, प्रधानमन्त्रीजस्ता विशिष्ट व्यक्तिहरू आउँदा त्यहाँ बस्ने गरिन्छ। आज राष्ट्रिय सभा अध्यक्ष आउन नसक्दा खाली रह्यो।”

संसद विघटनको विषयमा राजनीतिक दलहरूको धारणा लिने उद्देश्यले बोलाइएको यो बैठकलाई आगामी राजनीतिक मार्गचित्र बनाउने प्रयत्नका रूपमा हेरिएको छ। तर, केही प्रमुख पक्षहरूको अनुपस्थितिले बैठकको प्रभावकारिता र समावेशितामा प्रश्न उठाएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ११ : १६ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका