२०८२, २९ आश्विन बुधबार

पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना

पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना


सर्लाही । सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड बेभरेज इन्डस्ट्रीजले उत्पादन गरेको एक्वा ब्रान्डको बोतलमा लेदो तथा आँखाले देख्न सकिने धुलो–कण (सोलिड एण्ड डस्ट) फेला परेपछि जरिवाना गरिएको हो । संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा बोतलमा लेदो भेटेपछि ती सबै पानीका बोतल नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र पासवानले जानकारी दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीका अनुसार दूषित उत्पादन गरेको पुष्टि भएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना लगाइएको र बिक्रीमा समेत रोक लगाइएको हो ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ९ : ०७ बजे

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा प्रवेश, ओमानसँगै काट्यो टिकट

काठमाडौं। नेपालले लगातार दोस्रोपटक टी-२० विश्वकपमा सहभागिता जनाउने ऐतिहासिक उपलब्धि

एमाले केन्द्रीय कमिटी बैठक : ५० सदस्यको धारणा, भोलि बिहान ८ बजे पुनः बैठक बस्ने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु भएको

मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको

सिंह र साह जस्वपामा सनाखत गर्न जाँदा झडप

जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व