२०८३, १९ आश्विन मंगलबार

पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना

पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना


सर्लाही । सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड बेभरेज इन्डस्ट्रीजले उत्पादन गरेको एक्वा ब्रान्डको बोतलमा लेदो तथा आँखाले देख्न सकिने धुलो–कण (सोलिड एण्ड डस्ट) फेला परेपछि जरिवाना गरिएको हो । संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा बोतलमा लेदो भेटेपछि ती सबै पानीका बोतल नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र पासवानले जानकारी दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीका अनुसार दूषित उत्पादन गरेको पुष्टि भएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना लगाइएको र बिक्रीमा समेत रोक लगाइएको हो ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ९ : ०७ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर