२०८३, २० आश्विन बुधबार

जेनजी आन्दोलनपछि मेडागास्करमा सैनिक कू, राष्ट्रपति रजोएलिना भन्छन् ‘अझै पदमै छु’

जेनजी आन्दोलनपछि मेडागास्करमा सैनिक कू, राष्ट्रपति रजोएलिना भन्छन् ‘अझै पदमै छु’


काठमाडौं। मेडागास्करमा जेनजी आन्दोलनपछि सेनाले सत्ता हातमा लिएको छ। आन्दोलनलाई सेनाको विशेष इकाइ ‘क्यापसाट’ ले समर्थन जनाएपछि राष्ट्रपति एन्ड्री रजोएलिना देश छाड्न बाध्य भएका छन्।

राष्ट्रपतिको कार्यालयले मंगलबार एक विशिष्ट सैनिक समूहले सत्ता कब्जा गरेको भन्दै निन्दा गरेको छ। प्रदर्शनबीच आएको यो घटनालाई असंवैधानिक ठहर गर्दै रजोएलिनाले भनेका छन्, “म अझै पदमै छु, संविधान माथि कुनै हस्तक्षेप स्वीकार्य छैन।”

बीबीसीका अनुसार क्यापसाट नामक विशेष फौजी दस्ताले संवैधानिक अदालत, निर्वाचन आयोग र प्रमुख संस्थाहरू निलम्बन गरेको घोषणा गरेको छ। क्यापसाटका प्रमुख कर्णेल मिकाएल रान्द्रियनिरिनाले आफूहरूको ‘एलिट युनिट’ ले देशको शासन नियन्त्रणमा लिएको पुष्टि गर्दै भनेका छन्, “हामी राष्ट्रिय सहमति कायम गरी नयाँ सरकार गठन गर्छौं र १८ महिना देखि दुई वर्षभित्र चुनाव गराउँछौं।”

उनका अनुसार जनभावना अनुसार सरकारले काम नगरेकाले सेनाले शासन सम्हाल्न बाध्य भएको हो।
“यहाँ न राष्ट्रपति छ, न सरकार। जनताका माग सुन्ने कसै छैन,” उनले भने। फ्रान्सको पूर्व उपनिवेश मेडागास्कर फेरि सैन्य नियन्त्रणमा पुगेको छ र देशको राजनीतिक भविष्य फेरि अनिश्चित बनेको छ।

एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ८ : ५३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको