२०८३, १२ कार्तिक बिहीबार

जेनजी आन्दोलनपछि मेडागास्करमा सैनिक कू, राष्ट्रपति रजोएलिना भन्छन् ‘अझै पदमै छु’

जेनजी आन्दोलनपछि मेडागास्करमा सैनिक कू, राष्ट्रपति रजोएलिना भन्छन् ‘अझै पदमै छु’


काठमाडौं। मेडागास्करमा जेनजी आन्दोलनपछि सेनाले सत्ता हातमा लिएको छ। आन्दोलनलाई सेनाको विशेष इकाइ ‘क्यापसाट’ ले समर्थन जनाएपछि राष्ट्रपति एन्ड्री रजोएलिना देश छाड्न बाध्य भएका छन्।

राष्ट्रपतिको कार्यालयले मंगलबार एक विशिष्ट सैनिक समूहले सत्ता कब्जा गरेको भन्दै निन्दा गरेको छ। प्रदर्शनबीच आएको यो घटनालाई असंवैधानिक ठहर गर्दै रजोएलिनाले भनेका छन्, “म अझै पदमै छु, संविधान माथि कुनै हस्तक्षेप स्वीकार्य छैन।”

बीबीसीका अनुसार क्यापसाट नामक विशेष फौजी दस्ताले संवैधानिक अदालत, निर्वाचन आयोग र प्रमुख संस्थाहरू निलम्बन गरेको घोषणा गरेको छ। क्यापसाटका प्रमुख कर्णेल मिकाएल रान्द्रियनिरिनाले आफूहरूको ‘एलिट युनिट’ ले देशको शासन नियन्त्रणमा लिएको पुष्टि गर्दै भनेका छन्, “हामी राष्ट्रिय सहमति कायम गरी नयाँ सरकार गठन गर्छौं र १८ महिना देखि दुई वर्षभित्र चुनाव गराउँछौं।”

उनका अनुसार जनभावना अनुसार सरकारले काम नगरेकाले सेनाले शासन सम्हाल्न बाध्य भएको हो।
“यहाँ न राष्ट्रपति छ, न सरकार। जनताका माग सुन्ने कसै छैन,” उनले भने। फ्रान्सको पूर्व उपनिवेश मेडागास्कर फेरि सैन्य नियन्त्रणमा पुगेको छ र देशको राजनीतिक भविष्य फेरि अनिश्चित बनेको छ।

एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ८ : ५३ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल