२०८२, १ फाल्गुन शुक्रबार

अध्यक्ष ओलीको प्रतिवेदन : प्रतिनिधि सभा पुनर्स्थापनाको माग, जेनजी आन्दोलनको आलोचना

अध्यक्ष ओलीको प्रतिवेदन : प्रतिनिधि सभा पुनर्स्थापनाको माग, जेनजी आन्दोलनको आलोचना


काठमाडौं । नेकपा (एमाले) को दशौँ केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाग महल पार्टी प्यालेसमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको प्रारम्भमै समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीको प्रतिवेदनमा हालको अन्तरिम सरकार, जेनजी आन्दोलन, प्रतिनिधि सभा विघटन, लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र पार्टीको आगामी राजनीतिक दिशासम्बन्धी विषयहरू समेटिएका छन्।

ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसको पुनर्स्थापनामा जोड दिइएको छ। उनका अनुसार लोकतन्त्र र संविधानको निरन्तरता सुनिश्चित गर्न प्रतिनिधि सभा पुनर्स्थापना नै अनिवार्य छ। उनले भनेका छन्, “प्रतिनिधि सभा पुनर्स्थापनाको माग जनताकै आवाज हो, यो लोकतन्त्रको पुनर्बहालीको आन्दोलन हो।”

प्रतिवेदनमा हालको अन्तरिम सरकारबारे पनि तीव्र टिप्पणी गरिएको छ। ओलीले जेनजी आन्दोलनको बलमा बनेको सरकारले संविधानको मर्म विपरीत निर्णयहरू गरिरहेको आरोप लगाएका छन्। उनले उक्त आन्दोलनलाई वाम विरोधी शक्तिहरूले राजनीतिक लाभका लागि प्रयोग गरेको दाबी गरेका छन्।

त्यस्तै, उनले लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरूसँग विचारगत सहकार्य र जनपरिचालनको आवश्यकता औंल्याएका छन्। ओलीले जनमतको पुनःसंघटन र पार्टीको सुदृढीकरणलाई अबको प्राथमिक एजेन्डा बनाउने बताएका छन्।

प्रतिवेदनमा पार्टीभित्रको अनुशासन, एकता र संगठन सुदृढीकरणका विषय पनि समेटिएका छन्। उनले फागुन २१ गते प्रस्तावित निर्वाचनका लागि तयारी तीव्र बनाउन, जनसम्पर्क र प्रचार अभियानलाई देशव्यापी बनाउने निर्देशन दिएका छन्।

राष्ट्रिय स्वाभिमान र वैदेशिक नीति सम्बन्धी अंशमा ओलीले देशको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति कायम गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, “नेपालको सार्वभौमिकता कुनै पनि विदेशी स्वार्थ वा दबाबका कारण कमजोर हुन दिनु हुन्न।”

एमालेको केन्द्रीय कमिटी बैठक तीन दिनसम्म चल्नेछ। पहिलो दिन राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ भने दोस्रो दिन आर्थिक र संगठनात्मक प्रतिवेदन पेश गरिनेछ। तेस्रो दिन पार्टीका निर्णय र आगामी कार्यक्रम सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ८ : २६ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको