हेटौँडा । बागमती प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय संख्या घटाउने विषयमा सहमति गरेका छन्। २०७४ मा स्थापना हुँदा ७ वटा मन्त्रालयबाट सुरु भएको प्रदेश सरकारले सात वर्षमा दोब्बर बढी मन्त्रालय कायम गरेको थियो।
हाल मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा मन्त्रालय पुन:र्संरचनाको गृहकार्य भइरहेको छ। उच्चस्तरीय अध्ययन समितिले मन्त्रालयहरू समायोजन गर्ने प्रस्ताव तयार पार्नेछ र त्यसपछि सरकारले अन्तिम निर्णय लिनेछ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सर्वदलीय बैठकमा अनावश्यक संरचनाहरू हटाउने र आवश्यकतानुसार मन्त्रालय संख्या घटाउने सिहमति भएको जानकारी दिएको छ।






प्रतिक्रिया