२०८२, ५ मंसिर शुक्रबार

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे


काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे रहेको जानकारी दिएको छ। यस दिन नेपाल संवत् अनुसार नयाँ वर्ष पनि सुरु हुनेछ।

समितिका अनुसार, साइत खोज्नेहरूले धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा टीका लगाउन सक्नेछन्। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै बाधा छैन।

यस वर्ष यमपञ्चक कात्तिक १ गतेदेखि सुरु हुनेछ। धनतेरस, काग तिहार, लक्ष्मीपूजा, गाई-गोरु पूजा लगायतका पर्व क्रमशः कात्तिक १-५ गते पर्नेछन्। कात्तिक ६ गते शास्त्रीय विधिअनुसार भाइटीका र नेवारी समुदायको किजापूजा मनाइनेछ।

यमदीपदान, काग–कुकुर पूजा, स्नान-दान आदि परम्परागत क्रियाकलाप यमपञ्चकका क्रममा गरिने पञ्चाङ्गले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : ३९ बजे

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

मलंगवा । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमाले आज पार्टीभित्र नीति, सिद्धान्त र नेतृत्वको

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई

काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनको तयारीका लागि विभिन्न

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको आवश्यकता अझ स्पष्ट भएको