२०८३, १९ आश्विन मंगलबार

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे


काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे रहेको जानकारी दिएको छ। यस दिन नेपाल संवत् अनुसार नयाँ वर्ष पनि सुरु हुनेछ।

समितिका अनुसार, साइत खोज्नेहरूले धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा टीका लगाउन सक्नेछन्। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै बाधा छैन।

यस वर्ष यमपञ्चक कात्तिक १ गतेदेखि सुरु हुनेछ। धनतेरस, काग तिहार, लक्ष्मीपूजा, गाई-गोरु पूजा लगायतका पर्व क्रमशः कात्तिक १-५ गते पर्नेछन्। कात्तिक ६ गते शास्त्रीय विधिअनुसार भाइटीका र नेवारी समुदायको किजापूजा मनाइनेछ।

यमदीपदान, काग–कुकुर पूजा, स्नान-दान आदि परम्परागत क्रियाकलाप यमपञ्चकका क्रममा गरिने पञ्चाङ्गले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : ३९ बजे

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज