२०८२, २८ आश्विन मंगलबार

भदौ २४ को हमला सुनियोजित, ज्यानै लिने उद्देश्य थियो :देउवा

भदौ २४ को हमला सुनियोजित, ज्यानै लिने उद्देश्य थियो :देउवा


काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्नो र परिवारको ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताएका छन्। उनले घटनाहरू आकस्मिक नभएर सुनियोजित भएको बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै देउवाले भने, “गत भद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी भयो। सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि हामी उद्दार गरियौं।”

देउवाले आफ्नो प्रतिष्ठा र छवि गिराउने उद्देश्यले झुटा प्रचार गरिएको दाबी गर्दै घटनालाई व्यक्तिगतभन्दा पनि देश, पद्धति र पार्टीमाथिको आक्रमणको रूपमा लिएका छन्। उनले घटनास्थलमा सुरक्षाकर्मी र शुभचिन्तकहरूको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरे।

उनले भदौ २३–२४ का घटनामा ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली दिएका छन् र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। कांग्रेसका कार्यालय र करिब ४८ जिल्लाका नेताको घरमा पनि तोडफोड, लुटपाट र आगजनी भएको उनले बताए।

देउवाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रतिकुल समयमा देखाएको परिपक्व भूमिकाको प्रशंसा गर्दै देशका सबै निकायलाई उच्च मनोबलका साथ काम गर्न आह्वान पनि गरे।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : ३० बजे

बागमतीमा मन्त्रालय घटाउन कांग्रेस-एमाले सहमत, ७ वटा कायम गर्न प्रस्ताव

हेटौँडा । बागमती प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा

जनमतबाट छुट्टिएर ‘जनस्वराज’ पार्टी दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनमत पार्टीबाट विभाजन भएर बनेको जनस्वराज

सर्वोच्चमा रिट निवेदन: प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन बदरको माग

काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार दिउँसोसम्म आधा दर्जनभन्दा बढी रिट

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

भदौ २४ को हमला सुनियोजित, ज्यानै लिने उद्देश्य थियो :देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको