२०८२, १५ पुस मंगलबार

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए सभापति देउवा

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए सभापति देउवा


काठमाडौं । भदौ २४ र २५ मा भएको ‘जेनजी आन्दोलन’ का घटनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा सानेपा पुगेका हुन्।
पार्टी नेतृत्वमा चलिरहेको आन्तरिक विवादका बीच देउवाको यो उपस्थिति कांग्रेस नेताहरूबीच विशेष रुपमा हेरिएको छ।

बुढानीलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारीले आक्रमण गर्दा उनी घाइते भएका थिए । घटनापछि नेपाली सेनाले देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा देउवालाई उद्धार गरेको थियो । प्रारम्भिक प्रयासमा सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न खोजिए पनि सम्भव नभएपछि अन्ततः स्थलमार्ग हुँदै अस्पताल पुर्याइएको थियो ।

सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कुन अस्पतालमा गरिएको भन्ने विवरण सार्वजनिक गरिएको छैन।
टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको जानकारी कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए।

घटनापछि लामो समय सार्वजनिक गतिविधिबाट टाढा रहेका देउवाले आजको बैठकमार्फत पार्टीभित्र पुनः सक्रियता देखाएका छन्।
उनको उपस्थितिले पार्टीको केन्द्रीय समिति बैठकलाई थप महत्व प्राप्त भएको नेताहरूको टिप्पणी छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  २ : १७ बजे

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले समसामयिक राजनीतिक

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन