२०८३, २० आश्विन बुधबार

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए सभापति देउवा

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए सभापति देउवा


काठमाडौं । भदौ २४ र २५ मा भएको ‘जेनजी आन्दोलन’ का घटनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा सानेपा पुगेका हुन्।
पार्टी नेतृत्वमा चलिरहेको आन्तरिक विवादका बीच देउवाको यो उपस्थिति कांग्रेस नेताहरूबीच विशेष रुपमा हेरिएको छ।

बुढानीलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारीले आक्रमण गर्दा उनी घाइते भएका थिए । घटनापछि नेपाली सेनाले देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा देउवालाई उद्धार गरेको थियो । प्रारम्भिक प्रयासमा सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न खोजिए पनि सम्भव नभएपछि अन्ततः स्थलमार्ग हुँदै अस्पताल पुर्याइएको थियो ।

सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कुन अस्पतालमा गरिएको भन्ने विवरण सार्वजनिक गरिएको छैन।
टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको जानकारी कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए।

घटनापछि लामो समय सार्वजनिक गतिविधिबाट टाढा रहेका देउवाले आजको बैठकमार्फत पार्टीभित्र पुनः सक्रियता देखाएका छन्।
उनको उपस्थितिले पार्टीको केन्द्रीय समिति बैठकलाई थप महत्व प्राप्त भएको नेताहरूको टिप्पणी छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  २ : १७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको