२०८३, १९ आश्विन मंगलबार

विहानै धनकुटामा दुःखद दुर्घटना: ब्रेक फेल भएर ३०० मिटर तल खस्यो मिनि ट्रक

विहानै धनकुटामा दुःखद दुर्घटना: ब्रेक फेल भएर ३०० मिटर तल खस्यो मिनि ट्रक


काठमाडौं । धनकुटामा सोमबार बिहान एक मिनि ट्रक दुर्घटनाग्रस्त हुँदा दुई जना गम्भीर घाइते भएका छन्। धनकुटा नगरपालिका-९, पाँचगोलाइ भन्ने स्थानमा बिहान करिब २ बजे प्रदेश ३-०१-००३क-६९०६ नम्बरको मिनि ट्रक धनकुटाबाट मुलघाटतर्फ आउँदै गर्दा ब्रेक फेल भई करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा चालक नारायण खड्का (२६ वर्ष), उदयपुरगढी गाउँपालिका–५, र सहचालक दिनेश कार्की (२० वर्ष), रानीटार, उदयपुर गम्भीर रूपमा घाइते भएका हुन्।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाट र प्रहरी चौकी मुलघाटबाट उद्धार टोली पुगेको थियो। घाइते दुबै जनालाई बिहान करिब ४:३० बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल धनकुटा लगिएको छ। स्थानीयवासीका अनुसार सडक अत्यधिक घुमाउरो र उकालो–ओरालो भएकोले सो ठाउँमा सवारी दुर्घटनाको जोखिम उच्च रहँदै आएको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ७ : ५५ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर