२०८३, १९ आश्विन मंगलबार

सर्लाहीको चन्द्रनगरमा इन्धन खर्चमा अनियमितता

सर्लाहीको चन्द्रनगरमा इन्धन खर्चमा अनियमितता


सर्लाही । चन्द्रनगर गाउँपालिकामा इन्धन खर्चमा अनियमितता भएको खुलासा भएको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आर्थिक वर्ष २०८०/८१ मा तोकिएको सीमा नाघी २,३३४ लिटर इन्धन खर्च गरेका छन्।

ऐनअनुसार अध्यक्षले वार्षिक १,२०० लिटर मात्र इन्धन पाउने व्यवस्था छ। तर, उनले १,१३४ लिटर बढी, करिब रु. १ लाख ८७ हजार रुपैयाँ बराबर इन्धन खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

महालेखाले यसलाई नियमविपरीत खर्च ठहर गर्दै गाउँपालिकाको वित्तीय अनुशासनमाथि प्रश्न उठाएको छ। स्थानीयहरूले अनियमित रकम असुलउपर र जिम्मेवार अधिकारीमाथि छानबिनको माग गरेका छन्।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ८ : ४७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि