२०८२, १७ चैत्र बुधबार

कांग्रेसमा विशेष महाधिवेशनको माग, ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर

कांग्रेसमा विशेष महाधिवेशनको माग, ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाविरुद्ध इतर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले समर्थन गरेको दाबी गरिएको छ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिमध्ये आधाभन्दा बढीले हस्ताक्षर गरिसकेका छन्। उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकले मंसिरभित्रै महाधिवेशन गर्ने निर्णय गर्नुपर्ने बताए।

इतर पक्षका नेताहरूले “महाधिवेशनबाहेक अरू कुनै प्रस्ताव स्वीकार्य छैन” भन्दै देउवा नेतृत्वप्रति असन्तोष व्यक्त गरेका छन्।

संस्थापन पक्षले भने हस्ताक्षर अभियानको वैधता र उद्देश्यमाथि प्रश्न उठाउँदै पार्टीभित्र एकता र सहमतिको आवश्यकता रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ९ : ०१ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका