२०८३, १९ आश्विन मंगलबार

सुनसरीमा बीच सडक गोली प्रहार, सफारी चालकको घटनास्थलमै मृत्यु

सुनसरीमा बीच सडक गोली प्रहार, सफारी चालकको घटनास्थलमै मृत्यु


विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-३ शिवनगरमा आइतबार बिहान एक सफारी चालकको गोली हानी हत्या गरिएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार तीन जनाको समूहले सफारी चालकमाथि गोली प्रहार गरेका थिए। गोली लागेर चालकको घटनास्थलमै मृत्यु भएको हो। सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले घटनास्थलमा फेला परेका शारीरिक चोट र प्रमाणका आधारमा गोली हानिएको आशंका गरिएको बताउनुभयो। “छातीमा चोटको निशान देखिएको छ, गोली प्रहार भएको विषयमा थप अनुसन्धान भइरहेको छ,” एसपी थेवेले जानकारी दिनुभयो।

मृतक रामधुनी–३ का स्थानीय दिनेश चौधरी भएको स्थानीयले बताएका छन्। घटनापछि गोली हानेको आशंकामा रहेका तीन जना मोटरसाइकलमा फरार रहेका र उनीहरूको खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुमान अनुसार घटना आपसी द्वन्द्व वा पुरानो रिसइवीका कारण हुनसक्ने बताइएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ८ : ५५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि