२०८३, १२ कार्तिक बिहीबार

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक, शीर्ष नेताहरूको सहभागिता

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक, शीर्ष नेताहरूको सहभागिता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् ।

आगामी निर्वाचनलगायत विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएका थिए। बैठकमा अन्तरिमा सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबैमन्त्री सहभागी हुनुभएको राष्ट्रपति सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षामान पुन सहभागी भए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुषाल सहभागी भए ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा.जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती,जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी सहभागी भए ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ८ : ०९ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल