२०८२, २४ मंसिर बुधबार

बालेनसहित कलाकार र कन्टेन्ट क्रियटरविरुद्ध किटानी जाहेरी

बालेनसहित कलाकार र कन्टेन्ट क्रियटरविरुद्ध किटानी जाहेरी

दमन र हिंसामा संलग्न भएको आरोप


काठमाडौं । भदौ २४ गते काठमाडौंमा भएको आगजनी, प्रहरी हत्या, लुटपाट र सार्वजनिक सम्पत्तिमा क्षतिको घटनासम्बन्धी किटानी जाहेरी परेको छ । काठमाडौंका मेयर बालेन साह, हामी नेपालका संस्थापक सुधन गुरुङ, कलाकार, कन्टेन्ट क्रियटर र युट्युबरहरू समावेश छन् ।

जाहेरीअनुसार, राज्यविरुद्धको कसुर, आतंकवाद, सार्वजनिक शान्ति भंग, हातहतियार तथा विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्यमा ती व्यक्तिहरू संलग्न रहेको आरोप छ। जाहेरीदाता अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा पेश गरेका छन् ।

जाहेरीमा भनिएको छ कि भदौ २४ को जेन-जी आन्दोलनको नाममा सामाजिक सञ्जालको दुरुपयोग गर्दै हिंसा भड्काइएको, सडकमा भीड जम्मा गराइ सार्वजनिक सम्पत्ति नष्ट गरिएको र प्रहरीमाथि आक्रमण भएको छ। यसमा संलग्न कलाकार, कन्टेन्ट क्रियटर र नेताहरूले जनतालाई उक्साएर हिंसात्मक कार्यहरू गराएका भन्ने आरोप उल्लेख गरिएको छ ।

अपराधमा संलग्नको रूपमा नामजिकीमा संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युबर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के।सी।, युजन राजभण्डारी, रामकुमार खड्का लगायत रहेका छन्।

जाहेरीमा उल्लेख छ कि आरोपितहरूले विभिन्न स्थानमा आगो लगाएका, तोडफोड र लुटपाट गरेका प्रमाणको रूपमा फोटो, भिडिओ र सञ्चारमाध्यमबाट संकलित सामग्रीहरू प्रहरीमा पेश गरिएको छ।

यो घटनाले राजधानीमा सार्वजनिक सुरक्षा र कानूनको शासनमाथि प्रश्न उठाएको छ। प्रहरी, प्रशासन र सुरक्षा निकायहरूले तत्काल अनुसन्धान सुरु गरेका छन् र दोषीको पहिचान गरी कानुनी कारबाही अघि बढाउने बताइएको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ४ : ११ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल