२०८३, ११ श्रावण मंगलबार

बालेनसहित कलाकार र कन्टेन्ट क्रियटरविरुद्ध किटानी जाहेरी

बालेनसहित कलाकार र कन्टेन्ट क्रियटरविरुद्ध किटानी जाहेरी

दमन र हिंसामा संलग्न भएको आरोप


काठमाडौं । भदौ २४ गते काठमाडौंमा भएको आगजनी, प्रहरी हत्या, लुटपाट र सार्वजनिक सम्पत्तिमा क्षतिको घटनासम्बन्धी किटानी जाहेरी परेको छ । काठमाडौंका मेयर बालेन साह, हामी नेपालका संस्थापक सुधन गुरुङ, कलाकार, कन्टेन्ट क्रियटर र युट्युबरहरू समावेश छन् ।

जाहेरीअनुसार, राज्यविरुद्धको कसुर, आतंकवाद, सार्वजनिक शान्ति भंग, हातहतियार तथा विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्यमा ती व्यक्तिहरू संलग्न रहेको आरोप छ। जाहेरीदाता अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा पेश गरेका छन् ।

जाहेरीमा भनिएको छ कि भदौ २४ को जेन-जी आन्दोलनको नाममा सामाजिक सञ्जालको दुरुपयोग गर्दै हिंसा भड्काइएको, सडकमा भीड जम्मा गराइ सार्वजनिक सम्पत्ति नष्ट गरिएको र प्रहरीमाथि आक्रमण भएको छ। यसमा संलग्न कलाकार, कन्टेन्ट क्रियटर र नेताहरूले जनतालाई उक्साएर हिंसात्मक कार्यहरू गराएका भन्ने आरोप उल्लेख गरिएको छ ।

अपराधमा संलग्नको रूपमा नामजिकीमा संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युबर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के।सी।, युजन राजभण्डारी, रामकुमार खड्का लगायत रहेका छन्।

जाहेरीमा उल्लेख छ कि आरोपितहरूले विभिन्न स्थानमा आगो लगाएका, तोडफोड र लुटपाट गरेका प्रमाणको रूपमा फोटो, भिडिओ र सञ्चारमाध्यमबाट संकलित सामग्रीहरू प्रहरीमा पेश गरिएको छ।

यो घटनाले राजधानीमा सार्वजनिक सुरक्षा र कानूनको शासनमाथि प्रश्न उठाएको छ। प्रहरी, प्रशासन र सुरक्षा निकायहरूले तत्काल अनुसन्धान सुरु गरेका छन् र दोषीको पहिचान गरी कानुनी कारबाही अघि बढाउने बताइएको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ४ : ११ बजे

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश