२०८३, १५ श्रावण शनिबार

करार शिक्षकको हकमा अनुत्पादक खर्च कटौती लागू नहुने

करार शिक्षकको हकमा अनुत्पादक खर्च कटौती लागू नहुने


काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेपनि करार शिक्षकको हकमा उक्त निर्णय लागू नहुने भएको छ।

अर्थ मन्त्रालयले असोज ७ मा जारी गरेको विज्ञप्ति अनुसार संगठन संरचना सुधार अन्तर्गत अस्थायी तथा करारमा कर्मचारी नराख्ने व्यवस्था गरिएको थियो। विशेष गरी बुँदा नम्बर ९५० अन्तर्गत नेपाल सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी नियुक्त गर्न नपाउने भनिएको थियो। तर, स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको हकमा के हुन्छ भन्ने प्रश्न उठाएपछि शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ कि करार शिक्षकको हकमा यो बुँदा लागू नहुनेछ।

यस सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी करार शिक्षकलाई यस निर्णयबाट अपवाद बनाएको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १ : ३८ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा