२०८२, २२ मंसिर सोमबार

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते


काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा आज बिहान बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आएको ना८ख २५९१ नम्बरको टिपर बिहान करिब ९ बजे ठक्कर खाएका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार घाइतेहरुलाई तत्काल उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको छ। उनीहरु मध्यमदेखि सामान्य घाइते रहेको र सख्त घाइते कोही नभएको बताइएको छ।

दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ। बस र टिपर दुवैलाई सडकबाट हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १० : ३६ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला