२०८२, १९ मंसिर शुक्रबार

ओलीको कडा चेतावनी : ‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन’

ओलीको कडा चेतावनी : ‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा भएको सरकारी दमनमाथि छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति कडा आपत्ति जनाउँदै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेका छन्।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले आयोग गठनको उद्देश्य नै आफू र एमालेमाथि राजनीतिक प्रतिशोध लिने योजना भएको आरोप लगाए। उनले भने, ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुले आयोग बनाएर प्रतिवेदन लेख्ने? त्यो आयोग नक्कली हो, त्यसको प्रतिवेदन एमालेलाई कुनै हालतमा स्वीकार्य हुने छैन।’

सरकारले २३ भदौको जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको दमनबारे छानबिन गर्न कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। तर कार्कीले सो आन्दोलनका दिनहरूमा सामाजिक सञ्जालमा लेखेका विवादास्पद टिप्पणीका कारण सुरुबाटै निष्पक्षताको प्रश्न उठ्दै आएको थियो।

अध्यक्ष ओलीले भने, ‘आन्दोलनकै विरोधमा धारणा सार्वजनिक गर्ने मान्छेले अहिले आएर छानबिन गर्छ भने त्यो न्याय होइन, पूर्वाग्रह हो। यस्तो पक्षपाती आयोग एमालेले मान्दैन।’

उनले थपे, ‘यो आयोगले तयार पार्ने प्रतिवेदन कुनै पनि हालतमा हाम्रो लागि वैधानिक हुने छैन। सरकारले चाहेको जस्तो नाटक एमालेले कहिल्यै नखेल्नेछ।’

ओलीका अनुसार, जेन–जी आन्दोलनका क्रममा नागरिकमाथि भएको बल प्रयोग र सरकारले अपनाएको दमनकारी शैलीकै जाँच गर्नुपर्ने बेला उल्टै विपक्षीमाथि दोष थोपर्ने खेल भइरहेको छ।

‘न्यायका नाममा राजनीति गर्नेहरूको नाङ्गोपन देशले बुझिसकेको छ,’ ओलीले चेतावनी दिए, ‘अब जनता र एमाले दुवै यस्ता प्रवृत्तिको प्रतिवाद गर्न तयार छन्।’

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ४ : ४१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको