२०८३, ९ भाद्र बुधबार

कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने

कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसोका लागि पदाधिकारी बैठक बोलाए पनि उनी स्वयं बैठकमा सहभागी नहुने भएका छन्।

बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने बताइएको छ। बैठक बिहीबार दिउँसो १ बजे, हिमालय होटल, कुपण्डोलमा बस्ने तय गरिएको छ। बैठकमा आगामी २६ असोजमा बस्ने केन्द्रीय समितिको एजेण्डा, महाधिवेशन तयारी, र आगामी निर्वाचन रणनीतिलगायत विषयमा छलफल हुनेछ। पदाधिकारी बैठकले पार्टीभित्र हाल देखिएका असन्तुष्ट धार, संगठन विस्तार, र स्थानीय तहमा देखिएका मतभेद समाधानका विषयमा पनि केन्द्रित हुने जनाइएको छ।

देउवा जेन–जी आन्दोलनपछिका घटनापछि पहिलोपटक औपचारिक कार्यक्रमका लागि बोलाइएका भए पनि, उनी व्यक्तिगत कारण देखाउँदै बैठकमा उपस्थित नहुने भएका हुन्। उक्त आन्दोलनका क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि आक्रमण भएको थियो, जसपछि देउवा लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

बैठकमा महासमिति बैठकको तयारी, अधिवेशन मिति टुंग्याउने कार्यदलको प्रतिवेदन र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ९ : ५९ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण