२०८२, १२ पुस शनिबार

टी-२० विश्वकप छनोट : कुवेतसँग नेपाल ५८ रनले विजयी

टी-२० विश्वकप छनोट : कुवेतसँग नेपाल ५८ रनले विजयी


काठमाडौं । आईसीसी टी- २० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ।
बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै सानदार जित हासिल गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको योगफल बनाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको अर्धशतकीय योगदान दिए। त्यस्तै, गुल्सन झाले ६ बलमा २० रन, कप्तान रोहित पौडेलले १६, दीपेन्द्रसिंह ऐरीले १९, सन्दीप जोराले ५, कुशल मल्लले ४, र आसिफ शेखले २ रन बनाए।

जवाफी ब्याटिङमा कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे -कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट हात पारे। कुवेतका बलर नवीनराज राजेन्द्रनअनुदीप चन्दमाराले समान २-२ विकेट लिए। नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ९ : ३५ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको