२०८३, ६ कार्तिक शुक्रबार

टी-२० विश्वकप छनोट : कुवेतसँग नेपाल ५८ रनले विजयी

टी-२० विश्वकप छनोट : कुवेतसँग नेपाल ५८ रनले विजयी


काठमाडौं । आईसीसी टी- २० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ।
बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै सानदार जित हासिल गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको योगफल बनाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको अर्धशतकीय योगदान दिए। त्यस्तै, गुल्सन झाले ६ बलमा २० रन, कप्तान रोहित पौडेलले १६, दीपेन्द्रसिंह ऐरीले १९, सन्दीप जोराले ५, कुशल मल्लले ४, र आसिफ शेखले २ रन बनाए।

जवाफी ब्याटिङमा कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे -कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट हात पारे। कुवेतका बलर नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २-२ विकेट लिए। नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ९ : ३५ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट