२०८३, १८ भाद्र शुक्रबार

टी-२० विश्वकप छनोट : कुवेतसँग नेपाल ५८ रनले विजयी

टी-२० विश्वकप छनोट : कुवेतसँग नेपाल ५८ रनले विजयी


काठमाडौं । आईसीसी टी- २० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ।
बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै सानदार जित हासिल गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको योगफल बनाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको अर्धशतकीय योगदान दिए। त्यस्तै, गुल्सन झाले ६ बलमा २० रन, कप्तान रोहित पौडेलले १६, दीपेन्द्रसिंह ऐरीले १९, सन्दीप जोराले ५, कुशल मल्लले ४, र आसिफ शेखले २ रन बनाए।

जवाफी ब्याटिङमा कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे -कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट हात पारे। कुवेतका बलर नवीनराज राजेन्द्रनअनुदीप चन्दमाराले समान २-२ विकेट लिए। नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ९ : ३५ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन