२०८२, १८ मंसिर बिहीबार

ओलीविरुद्धको ब्यानर हटाएर बालेन र सुदनविरुद्धको राखिँदा माइतीघरमा वादविवाद

ओलीविरुद्धको ब्यानर हटाएर बालेन र सुदनविरुद्धको राखिँदा माइतीघरमा वादविवाद


काठमाडौं । जेनजी आन्दोलनको सन्दर्भमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै माइतीघर मण्डलामा राखिएको ब्यानर केही युवाहरूले हटाएका छन्। ब्यानर हटाउँदै ती युवाहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङविरुद्ध कारबाहीको माग गर्दै नयाँ ब्यानर राखेका छन्।

ब्यानर परिवर्तनसँगै घटनास्थलमा केहीबेर वादविवाद समेत भएको थियो। ब्यानर राख्ने र हटाउने पक्षबीच झडप भने नभएको प्रहरीले जनाएको छ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रहरी हस्तक्षेपपछि एक किशोरीको मृत्यु भएको घटनालाई लिएर नेकपा एमालेका अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गर्दै मृतकका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

यसैबीच, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार काठमाडौं प्रहरी परिसरमा मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गराएको छ। संगठनले आन्दोलनमा अनावश्यक उत्तेजना फैलाएको र हिंसा बढाएको आरोप उनीहरूमा लगाएको छ।

विवाद भएको स्थान माइतीघर मण्डलामा राजनीतिक तथा नागरिक आन्दोलनका गतिविधि भइरहने भए पनि पछिल्लो समय ब्यानर युद्धको रूपमा प्रदर्शन हुनु भने नागरिक सतर्कताको नयाँ रूपका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ११ : ०४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको