२०८३, ९ भाद्र बुधबार

ओलीविरुद्धको ब्यानर हटाएर बालेन र सुदनविरुद्धको राखिँदा माइतीघरमा वादविवाद

ओलीविरुद्धको ब्यानर हटाएर बालेन र सुदनविरुद्धको राखिँदा माइतीघरमा वादविवाद


काठमाडौं । जेनजी आन्दोलनको सन्दर्भमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै माइतीघर मण्डलामा राखिएको ब्यानर केही युवाहरूले हटाएका छन्। ब्यानर हटाउँदै ती युवाहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङविरुद्ध कारबाहीको माग गर्दै नयाँ ब्यानर राखेका छन्।

ब्यानर परिवर्तनसँगै घटनास्थलमा केहीबेर वादविवाद समेत भएको थियो। ब्यानर राख्ने र हटाउने पक्षबीच झडप भने नभएको प्रहरीले जनाएको छ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रहरी हस्तक्षेपपछि एक किशोरीको मृत्यु भएको घटनालाई लिएर नेकपा एमालेका अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गर्दै मृतकका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

यसैबीच, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार काठमाडौं प्रहरी परिसरमा मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गराएको छ। संगठनले आन्दोलनमा अनावश्यक उत्तेजना फैलाएको र हिंसा बढाएको आरोप उनीहरूमा लगाएको छ।

विवाद भएको स्थान माइतीघर मण्डलामा राजनीतिक तथा नागरिक आन्दोलनका गतिविधि भइरहने भए पनि पछिल्लो समय ब्यानर युद्धको रूपमा प्रदर्शन हुनु भने नागरिक सतर्कताको नयाँ रूपका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ११ : ०४ बजे

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन