२०८२, १२ पुस शनिबार

महिला टी–२० शृंखला नेपालले जित्यो

महिला टी–२० शृंखला नेपालले जित्यो


काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला जित्दै ऐतिहासिक सफलता हात पारेको छ। पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान सम्पन्न अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै सजिलै पूरा गर्‍यो। यसअघि नेपालले दोस्रो र चौथो खेलमा ६-६ विकेटले जित हात पारेको थियो। पहिलो खेलमा नेपाल ३ रनले र तेस्रो खेलमा १३ रनले पराजित भएको थियो।

शृंखला जितसँगै नेपाली टिमले पछिल्लो समय महिला क्रिकेटमा आफ्नो स्थायी सुधार र प्रतिस्पर्धात्मक क्षमताको बलियो सन्देश दिएको छ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यो जितले आत्मविश्वास थपेको क्रिकेट विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ४ : ३६ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको