२०८३, २६ आश्विन मंगलबार

डिजेलको भाउ बढाएको विरोधमा इक्वेडरका राष्ट्रपतिको गाडीमा गोली प्रहार

डिजेलको भाउ बढाएको विरोधमा इक्वेडरका राष्ट्रपतिको गाडीमा गोली प्रहार


काठमाडौं ।  डिजेलको मूल्यवृद्धिविरुद्ध भइरहेको प्रदर्शनबीच इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआको गाडीमा मंगलबार गोली प्रहार गरिएको छ।

वातावरण तथा ऊर्जा मन्त्री इनेस मान्जानोका अनुसार दक्षिणी क्यानार प्रान्तमा करिब ५०० प्रदर्शनकारीको समूहले राष्ट्रपतिको गाडीमाथि ढुंगामुढा गरे र गोली प्रहार समेत भयो। “गाडीमा गोलीका दागहरू देखिएका छन्, तर राष्ट्रपति नोबोआ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ,” मन्त्री मान्जानोले विज्ञप्तिमा भनेकी छन्। उनले थपे, “राष्ट्रपतिको गाडीमा गोली हान्नु, ढुंगामुढा गर्नु र सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनु आपराधिक कार्य हुन्।” घटनापछि पाँच जनालाई पक्राउ गरिएको र उनीहरूविरुद्ध आतंकवाद र हत्या प्रयासको मुद्दा दर्ता गरिने बताइएको छ।

इक्वेडरमा इन्धन अनुदान हटाइएपछि १६ दिनअघि सुरु भएको प्रदर्शन अहिले देशव्यापी रूप लिइसकेको छ। नोबोआ सरकारले अर्थतन्त्र सुदृढीकरणका नाममा इन्धनमा दिइँदै आएको सब्सिडी हटाएको थियो, जसका कारण डिजेलको मूल्य ५० प्रतिशतभन्दा बढी बढेको हो।

इक्वेडरको राष्ट्रिय आदिवासी महासंघ (CONAIE) को नेतृत्वमा भइरहेको विरोधका कारण देशका प्रमुख सडकहरूमा आवागमन अवरुद्ध बनेको छ। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप पनि भइरहेका छन्। विस्तारित विरोधका कारण राष्ट्रपति नोबोआले गत शनिबार राजधानी क्विटोसहित १० प्रान्तमा सङ्कटकाल घोषणा गरेका थिए।

यसअघि पनि, सेप्टेम्बर २८ मा उत्तरी इम्बाबुरा प्रान्तमा राष्ट्रपतिको मोटरकेडमा पेट्रोल बम प्रहार भएको थियो। सो क्रममा एक नागरिकको मृत्यु र दर्जनौं घाइते भएका थिए।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार गरिएको समाचार)

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  २ : २० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल