२०८३, १४ श्रावण शुक्रबार

खोकीको औषधि सेवनमा सचेत रहन औषधि विभागको अनुरोध

खोकीको औषधि सेवनमा सचेत रहन औषधि विभागको अनुरोध


काठमाडौं। भारतका विभिन्न राज्यमा खोकीको औषधि ‘कफ सिरप’ सेवनबाट बालबालिकाको मृत्यु भएपछि नेपाल औषधि व्यवस्था विभागले सबै पक्षलाई सचेत गराएको छ।

विभागले मंगलबार जारी गरेको सूचनामा भनिएको छ कि ‘भारतका विभिन्न राज्यमा खोकीको औषधि “कोल्डरिफ कफ सिरप” प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त औषधि भारतको स्रेसन फर्मा कम्पनीले उत्पादन गरेको जानकारी प्राप्त भएको छ र सो उत्पादक तथा त्यसका उत्पादनहरु नेपालमा दर्ता नभएका छन्।’

विभागले विगतमा यस्ता घटनाहरु भएका कारण पहिले नै सचेत रहेको उल्लेख गर्दै नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई कच्चा पदार्थ प्रयोग गर्दा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आग्रह गरेको छ।

सूचनामा भनिएको छ कि “नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल वा ग्लिसरोल/ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गरिएको छ।”

विभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा सचेत रहन र आवश्यक परीक्षण गर्न निम्न निर्देशनहरू पालना गर्न अनुरोध गरेको छ:

१. औषधि उत्पादकका लागि:

  • कच्चा पदार्थ आधिकारिक आपूर्तिकर्ताबाट मात्र खरिद गर्नुहोस्।
  • उत्पादन र विक्री–वितरण अघि निर्धारित गुणस्तर परीक्षण अनिवार्य गर्नुहोस्।

२. औषधि आयातकर्ताका लागि:

  • प्रत्येक ब्याचको कच्चा पदार्थ मिश्रित औषधि परीक्षण गरी मिसावट नभएको सुनिश्चित गरेपछि मात्र आयात र वितरण गर्नुहोस्।

३. फार्मेसीहरूका लागि:

  • विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री–वितरण गर्नुहोस्।

४. चिकित्सकहरुका लागि:

  • विभागमा दर्ता भएका औषधिहरु मात्र सिफारिस गर्नुहोस्।
  • दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्नुहोस्।

५. सर्वसाधारणका लागि:

  • बालबालिकाका लागि औषधि चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नुहोस्।
  • विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्नुहोस्।
  • औषधिको लेबलमा उल्लेखित जानकारीअनुसार मात्र प्रयोग गर्नुहोस्।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  १ : ३५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा