२०८२, ९ मंसिर मंगलबार

खोकीको औषधि सेवनमा सचेत रहन औषधि विभागको अनुरोध

खोकीको औषधि सेवनमा सचेत रहन औषधि विभागको अनुरोध


काठमाडौं। भारतका विभिन्न राज्यमा खोकीको औषधि ‘कफ सिरप’ सेवनबाट बालबालिकाको मृत्यु भएपछि नेपाल औषधि व्यवस्था विभागले सबै पक्षलाई सचेत गराएको छ।

विभागले मंगलबार जारी गरेको सूचनामा भनिएको छ कि ‘भारतका विभिन्न राज्यमा खोकीको औषधि “कोल्डरिफ कफ सिरप” प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त औषधि भारतको स्रेसन फर्मा कम्पनीले उत्पादन गरेको जानकारी प्राप्त भएको छ र सो उत्पादक तथा त्यसका उत्पादनहरु नेपालमा दर्ता नभएका छन्।’

विभागले विगतमा यस्ता घटनाहरु भएका कारण पहिले नै सचेत रहेको उल्लेख गर्दै नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई कच्चा पदार्थ प्रयोग गर्दा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आग्रह गरेको छ।

सूचनामा भनिएको छ कि “नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल वा ग्लिसरोल/ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गरिएको छ।”

विभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा सचेत रहन र आवश्यक परीक्षण गर्न निम्न निर्देशनहरू पालना गर्न अनुरोध गरेको छ:

१. औषधि उत्पादकका लागि:

  • कच्चा पदार्थ आधिकारिक आपूर्तिकर्ताबाट मात्र खरिद गर्नुहोस्।
  • उत्पादन र विक्री–वितरण अघि निर्धारित गुणस्तर परीक्षण अनिवार्य गर्नुहोस्।

२. औषधि आयातकर्ताका लागि:

  • प्रत्येक ब्याचको कच्चा पदार्थ मिश्रित औषधि परीक्षण गरी मिसावट नभएको सुनिश्चित गरेपछि मात्र आयात र वितरण गर्नुहोस्।

३. फार्मेसीहरूका लागि:

  • विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री–वितरण गर्नुहोस्।

४. चिकित्सकहरुका लागि:

  • विभागमा दर्ता भएका औषधिहरु मात्र सिफारिस गर्नुहोस्।
  • दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्नुहोस्।

५. सर्वसाधारणका लागि:

  • बालबालिकाका लागि औषधि चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नुहोस्।
  • विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्नुहोस्।
  • औषधिको लेबलमा उल्लेखित जानकारीअनुसार मात्र प्रयोग गर्नुहोस्।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  १ : ३५ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा

नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोगमा जाने

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा

तस्करलाई नियन्त्रणमा लिन गोली फायर

रौतहट । बारा प्रहरीले तस्कर समूहमाथि नियन्त्रण गर्न ७ राउण्ड

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि

आजको मौसम : उपत्यकाको तापक्रम घट्दो क्रममा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी