२०८२, ६ माघ मंगलबार

यौनदुराचार र आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाद्वारा कठोर देशनिकाला

यौनदुराचार र आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाद्वारा कठोर देशनिकाला


काठमाडौं । यौनदुराचारसहितका आपराधिक क्रियाकलापमा संलग्न ७ जना नेपालीलाई अमेरिकाले कठोर कारबाही गर्दै नेपाल डिपोर्ट गरेको छ।

२८ देखि ३९ वर्ष उमेर समूहका ती नेपालीहरू यौन आक्रमण, डकैती, हतियारसहित आक्रमण, नाबालिगसँग अश्लील च्याट, र मादक पदार्थ सेवन गरी गाडी चलाउने अभियोगमा दोषी ठहर भएका हुन्।

अमेरिकी अध्यागमन अदालतको आदेशपछि उनीहरूलाई न्युयोर्क, नेवार्क, लोगन, भर्जिनिया, एरिजोना र टेक्सासका विमानस्थलमार्फत नेपाल फर्काइएको जनाएको छ।

१५ जुलाई मा ३९ वर्षीय एक नेपालीलाई यौन आक्रमण र शारीरिक दुर्व्यवहारको अभियोगमा न्युयोर्कको जोन एफ. केनेडी विमानस्थलबाट फर्काइएको हो। उनलाई गत २४ अप्रिल मा अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो।

मेरिल्याण्ड निवासी ३६ वर्षीय नेपालीलाई पनि १७ जनवरी मा अदालतले आदेश दिएपछि ६ मार्च मा नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल पठाइयो।

डकैतीमा संलग्न २८ वर्षीय नेपालीलाई १० जुन मा एरिजोनाबाट फर्काइएको छ भने हतियारसहित आक्रमण गरेको अभियोगमा ३४ वर्षीय नेपालीलाई २९ अप्रिल मा लोगन विमानस्थलबाट डिपोर्ट गरिएको हो।

नाबालिगसँग अश्लील च्याट गरेको अभियोगमा ३० वर्षीय नेपालीलाई ३ जुन मा भर्जिनियाबाट र त्यस्तै अभियोगमा ३५ वर्षीय नेपालीलाई १० जुन मा एरिजोनाबाट फर्काइएको छ।

त्यसैगरी मादक पदार्थ सेवनपछि गाडी चलाएको अभियोगमा ३७ वर्षीय नेपालीलाई टेक्सासबाट कतार हुँदै नेपाल डिपोर्ट गरिएको छ। उनी सन् २०११ मार्च २९ मा दोषी ठहर भएका थिए भने २०१७ जुलाई १९ मा अदालतले देशनिकालाको आदेश दिएको थियो।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ९ : २३ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित