२०८२, ६ माघ मंगलबार

दमनकारीलाई उन्मुक्ति दिने सरकार अपारदर्शी र अक्षम : शहीद परिवारको चेतावनी

दमनकारीलाई उन्मुक्ति दिने सरकार अपारदर्शी र अक्षम : शहीद परिवारको चेतावनी


काठमाडौं । जेनजी आन्दोलनका क्रममा शहीद बनेका श्रेयम चौलागाईका पिता गणेश प्रसाद चौलागाईले सरकारप्रति तीव्र आक्रोश पोख्दै दोषीमाथि कारबाही गर्न नसक्ने हो भने तत्काल राजीनामा दिनुपर्ने चेतावनी दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा छलफलका क्रममा उनले आन्दोलन दमन गर्ने जिम्मेवारमाथि कारबाही नगर्ने सरकारले शहीद परिवारलाई अपमान गरेको आरोप लगाए।

उनले भने, “यो सरकार बन्नुको कारणै दोषीलाई कारबाही गर्नु हो। यदि कारबाही गर्नै सक्दैन भने कुर्सी छाडिदिए हुन्छ। शहीद परिवार नेतृत्वमा आउँछ, आवश्यक परे देशकै जिम्मा लिन्छ।”

चौलागाईले गोली चलाउने आदेश दिने अधिकारीविरुद्ध किटानी जाहेरी दिन तयार रहेको बताए। साथै, उनले जेनजी आन्दोलनसँग सम्बन्धित व्यक्तिहरुलाई मन्त्रालय र समितिहरूमा कसरी राखिएको छ भन्ने विषयमा स्पष्ट विवरण माग गरे।

११ सदस्यीय वार्ता टोलीमा शहीद परिवारको अनिवार्य सहभागिता हुनुपर्ने माग राख्दै उनले सरकार र जेनजी प्रतिनिधिहरू दुवैप्रति असन्तोष व्यक्त गरे।

“यदि माग पुरा भएन भने हामी सिंहदरबारमै धर्ना बस्छौं,” उनले चेतावनी दिए।

शहीद परिवारले दोषीमाथि कारबाहीमा ढिलासुस्ती गर्ने सरकार जनतालाई धोका दिन खोजिरहेको भन्दै दबाब आन्दोलनलाई अझ तीव्र बनाउन तयारी थालेका छन्।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ४ : ३८ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित