२०८३, ११ कार्तिक बुधबार

रोशी खोलाको बाढीले बिपी राजमार्ग बगायो, आवागमन ठप्प

रोशी खोलाको बाढीले बिपी राजमार्ग बगायो, आवागमन ठप्प

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


रामेछाप । लगातारको वर्षाका कारण आएको बाढीले रोशी खोलाले बिपी राजमार्गको सडक संरचना बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। वर्षाले उर्लिएको रोशी खोलाको भीषण बाढीले सडकका अस्थायी भागहरू बगाएपछि पूर्वी नेपालबाट काठमाडौं जोड्ने मुख्य मार्गमा सवारी आवागमन अवरुद्ध भएको हो।

स्थानीय पत्रकार राज मैनालीका अनुसार, नेपालथोक नजिकैको भागमा खोलाले ठुलो क्षति पुर्‍याएको छ। उक्त क्षेत्र गत वर्ष पनि बाढीले बगाएको थियो, जसपछि अस्थायी रूपमा सडक बनाइएको थियो। तर, यस वर्ष पुनः सोही भागमा बाढीले सडक बगाएको छ।

सडक क्षतिग्रस्त भएपछि पूर्वी नेपालबाट काठमाडौं आउने सवारी साधनहरूलाई अब दोलखाको चरिकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ। यो बाटो लामो तथा समय लाग्ने भएकाले यात्रुहरू र मालवाहक सवारीहरू प्रभावित भएका छन्।

सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार, “खोलामा पानीको बहाव कम भएपछि मात्र मर्मत कार्य सुरु गर्न सकिन्छ।” उनले क्षतिको मूल्यांकन भईसकेपछि मर्मत कार्य अगाडि बढाइने जानकारी दिए। “कम्तीमा एक हप्ता सडक खुल्न समय लाग्नेछ,” उनले स्पष्ट पारे।

गत वर्षको असोज महिनामा पनि रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले बिपी राजमार्गमा ठुलो क्षति पुर्‍याएको थियो। त्यसपछि अस्थायी सुधार गरिएको सडक यसपालि फेरि बाढीले बगाएको हो।

सडक विभागले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। भारी वर्षा अझै जारी रहेकाले थप क्षतिको जोखिमसमेत रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ८ : १५ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा