२०८३, ११ श्रावण मंगलबार

इलाममा भीषण पहिरो : ३७ जनाको ज्यान गयो,मृत्यु हुनेहरुको नामावलीसहित

इलाममा भीषण पहिरो : ३७ जनाको ज्यान गयो,मृत्यु हुनेहरुको नामावलीसहित


इलाम । इलाममा अविरल वर्षापछि आएको भीषण पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सबैभन्दा बढी क्षति माईजोगमाई, देउमाई, सन्दकपुर र इलाम नगरपालिकामा भएको हो।

मृतकमध्ये धेरैजसो निदाइरहेको अवस्थामा पहिरोले पुरेको जनाइएको छ। केही बालबालिका र वृद्धहरू समेत पहिरोमा परी ज्यान गुमाएका छन्। झापा, पाँचथर र दोलखाबाट आएका केही नागरिक पनि मृतकमध्ये परेका छन्।

कोशी प्रदेशभर बाढी र पहिरोका कारण ४९ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। इलाममा विद्युत्, सडक र संचार सेवा अवरुद्ध भएको छ। प्रहरी, सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् भने अझै केही बेपत्ताको खोजी कार्य जारी छ।

इलाम पहिरोमा मृत्यु हुने व्यक्तिहरूको नामावली

माईजोगमाई गाउँपालिका

  1. किरण थेवे (२८ वर्ष)
  2. मनमाया थेवे (१८ वर्ष)
  3. मुनुसा थेवे (३ वर्ष)
  4. बर्मालल सोङमी (८२ वर्ष) – वडा नं. ३
  5. बुद्धमाया सोङमी (७० वर्ष)
  6. धनबल सोङमी (४६ वर्ष)
  7. सरला सोङमी (४२ वर्ष)
  8. प्रकृति सोङमी (१४ वर्ष)

फाकफोकथुम गाउँपालिका–३

  1. सुरेश लिम्बू (२८ वर्ष)

सूर्योदय नगरपालिका–१

  1. मनमाया क्षेत्री (६५ वर्ष)
  2. रस्मिका क्षेत्री (१० वर्ष)

इलाम नगरपालिका–६

  1. समिर देउजाली (२३ वर्ष)
  2. प्रवीण गुरुङ
  3. बिराज पाख्रिन तामाङ
  4. महेन्द्र लिम्बू (४८ वर्ष) – (बेपत्ता)

देउमाई नगरपालिका–५

  1. रोशन लिम्बू (२२ वर्ष)
  2. बेबिसा राई (२२ वर्ष)
  3. दीपक लिम्बू (३० वर्ष)
  4. ऋषिका लिम्बू (२७ वर्ष)
  5. दिपिस्का लिम्बू (१० वर्ष)

देउमाई नगरपालिका–३

  1. कृष्ण मगर (२८ वर्ष)

माई नगरपालिका–५

  1. प्रिन्सिखा मगर (८ वर्ष)

माङसेबुङ गाउँपालिका–१

  1. कृष्णमाया लिम्बू (५७ वर्ष)
  2. माया लिम्बू (५० वर्ष)

सन्दकपुर गाउँपालिका–१

  1. भीमबहादुर राई (४३ वर्ष)
  2. हरिमाया राई (६६ वर्ष)
  3. देवी राई (४७ वर्ष)
  4. शेखर राई (५४ वर्ष)
  5. शारदा सेढाईं (७४ वर्ष)
  6. तारादेवी राई (४८ वर्ष)

झापा (अर्जुनधारा नगरपालिका–६)

  1. अनु तामाङ (३२ वर्ष)
  2. आवास दनुवार (उमेर खुलाइएको छैन)

पाँचथर (फाक्तेप)

  1. सौजन लिम्बू (९ वर्ष)
  2. सौगात लिम्बू (११ वर्ष)

मिक्लाजुङ गाउँपालिका–६ (मोरङ)

  1. नेहा राई (१७ वर्ष)

दोलखा निवासी

  1. दीप बस्नेत (४५ वर्ष)
  2. भवानी बस्नेत (४४ वर्ष)
  3. दिव्या बस्नेत (१२ वर्ष)

बेपत्ता:

  • महेन्द्र लिम्बू (४८ वर्ष), इलाम नगरपालिका–६

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  १० : २८ बजे

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश