इलाम । इलाममा अविरल वर्षापछि आएको भीषण पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सबैभन्दा बढी क्षति माईजोगमाई, देउमाई, सन्दकपुर र इलाम नगरपालिकामा भएको हो।
मृतकमध्ये धेरैजसो निदाइरहेको अवस्थामा पहिरोले पुरेको जनाइएको छ। केही बालबालिका र वृद्धहरू समेत पहिरोमा परी ज्यान गुमाएका छन्। झापा, पाँचथर र दोलखाबाट आएका केही नागरिक पनि मृतकमध्ये परेका छन्।
कोशी प्रदेशभर बाढी र पहिरोका कारण ४९ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। इलाममा विद्युत्, सडक र संचार सेवा अवरुद्ध भएको छ। प्रहरी, सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् भने अझै केही बेपत्ताको खोजी कार्य जारी छ।
इलाम पहिरोमा मृत्यु हुने व्यक्तिहरूको नामावली
माईजोगमाई गाउँपालिका
- किरण थेवे (२८ वर्ष)
- मनमाया थेवे (१८ वर्ष)
- मुनुसा थेवे (३ वर्ष)
- बर्मालल सोङमी (८२ वर्ष) – वडा नं. ३
- बुद्धमाया सोङमी (७० वर्ष)
- धनबल सोङमी (४६ वर्ष)
- सरला सोङमी (४२ वर्ष)
- प्रकृति सोङमी (१४ वर्ष)
फाकफोकथुम गाउँपालिका–३
- सुरेश लिम्बू (२८ वर्ष)
सूर्योदय नगरपालिका–१
- मनमाया क्षेत्री (६५ वर्ष)
- रस्मिका क्षेत्री (१० वर्ष)
इलाम नगरपालिका–६
- समिर देउजाली (२३ वर्ष)
- प्रवीण गुरुङ
- बिराज पाख्रिन तामाङ
- महेन्द्र लिम्बू (४८ वर्ष) – (बेपत्ता)
देउमाई नगरपालिका–५
- रोशन लिम्बू (२२ वर्ष)
- बेबिसा राई (२२ वर्ष)
- दीपक लिम्बू (३० वर्ष)
- ऋषिका लिम्बू (२७ वर्ष)
- दिपिस्का लिम्बू (१० वर्ष)
देउमाई नगरपालिका–३
- कृष्ण मगर (२८ वर्ष)
माई नगरपालिका–५
- प्रिन्सिखा मगर (८ वर्ष)
माङसेबुङ गाउँपालिका–१
- कृष्णमाया लिम्बू (५७ वर्ष)
- माया लिम्बू (५० वर्ष)
सन्दकपुर गाउँपालिका–१
- भीमबहादुर राई (४३ वर्ष)
- हरिमाया राई (६६ वर्ष)
- देवी राई (४७ वर्ष)
- शेखर राई (५४ वर्ष)
- शारदा सेढाईं (७४ वर्ष)
- तारादेवी राई (४८ वर्ष)
झापा (अर्जुनधारा नगरपालिका–६)
- अनु तामाङ (३२ वर्ष)
- आवास दनुवार (उमेर खुलाइएको छैन)
पाँचथर (फाक्तेप)
- सौजन लिम्बू (९ वर्ष)
- सौगात लिम्बू (११ वर्ष)
मिक्लाजुङ गाउँपालिका–६ (मोरङ)
- नेहा राई (१७ वर्ष)
दोलखा निवासी
- दीप बस्नेत (४५ वर्ष)
- भवानी बस्नेत (४४ वर्ष)
- दिव्या बस्नेत (१२ वर्ष)
बेपत्ता:
- महेन्द्र लिम्बू (४८ वर्ष), इलाम नगरपालिका–६
प्रतिक्रिया