२०८३, २६ भाद्र शनिबार

ऐतिहासिक त्रिवेणीघाट डुबानमा, ब्रह्मायणी र इन्द्रेश्वर मन्दिर बाढीको चपेटामा

ऐतिहासिक त्रिवेणीघाट डुबानमा, ब्रह्मायणी र इन्द्रेश्वर मन्दिर बाढीको चपेटामा

ऐतिहासिक सम्पदामाथि जोखिम


पनौती । लगातारको अविरल वर्षाका कारण काभ्रेको पनौतीस्थित ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्व बोकेको त्रिवेणीघाट डुबानमा परेको छ। शुक्रवारदेखि जारी मुसलधारे वर्षाले पनौती क्षेत्रका नदी तथा खोल्साहरूमा पानीको बहाव उच्च बनेको छ, जसका कारण त्रिवेणी क्षेत्रमा बाढी पसेको हो।

बाढीले ब्रह्मायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर समेत प्रभावित बनाएको स्थानीयहरूले जनाएका छन्। त्रिवेणीघाट तीन नदी – रोशी, पनौती र लछुंखोलाको संगमस्थल हो, जहाँ प्रत्येक वर्ष धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुँदै आएका छन्। स्थानीय बासिन्दाका अनुसार मन्दिर परिसरमा पानी पसेपछि पूजापाठ स्थगित गरिएको छ। बाढीका कारण घाट वरपर रहेका संरचना, शालिकहरू, तथा धर्मशालाहरूमा पनि क्षति पुग्ने सम्भावना बढेको छ।

बाढीको तीव्र बहावका कारण उद्धार तथा संरक्षण कार्यमा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ। पनौती नगरपालिकाका अधिकारीहरू, प्रहरी र स्थानीय स्वयंसेवकहरू संयुक्त रूपमा क्षेत्रको निगरानीमा जुटेका छन्।

पनौती नगरपालिकाले धार्मिक तथा पुरातात्त्विक सम्पदाहरूको तत्काल सुरक्षा र सम्भावित क्षतिको मूल्यांकन गर्न कार्यदल खटाइएको जनाएको छ।

ऐतिहासिक सम्पदामाथि जोखिम

त्रिवेणीघाट पनौतीको प्रमुख धार्मिक स्थल हो, जहाँ विशेष गरी माघे संक्रान्ति, एकादशी, र स्नान पर्वमा हजारौं श्रद्धालुहरू जुट्ने गर्छन्। यहाँका मन्दिरहरू नेपालका पुराना शिल्पकला र वास्तुकलाका नमुनासमेत मानिन्छन्।

स्थानीयवासीहरूले त्रिवेणी क्षेत्रमा ठोस सुरक्षा र संरक्षण योजना ल्याउन सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  ९ : ३१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।