२०८३, ३ भाद्र बिहीबार

कन्सास सिटी नेपाली समाजको अध्यक्षमा कुमार गौरव

कन्सास सिटी नेपाली समाजको अध्यक्षमा कुमार गौरव


अमेरिका । कन्सास सिटी, अमेरिका कन्सास सिटी नेपाली समाज, कन्सास अमेरिकाको सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रम दशैं विशेष समारोहसँगै गत शनिवार ओभरल्याण्ड पार्क, कन्सासमा सम्पन्न भएको हो।

कन्सास सिटी नेपाली समाज, कन्सास अमेरिकाको सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रम दशैं विशेष समारोहसँगै गत शनिवार ओभरल्याण्ड पार्क, कन्सासमा सम्पन्न भएको हो। समाजको नेतृत्व अब कुमार गौरवले सम्हाल्ने भएका छन्। उनी निर्विरोध रूपमा अध्यक्षमा चयन भएका हुन्। गौरव विगत छ वर्षदेखि समाजको विभिन्न पदमा रही सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। पेशाले कम्प्युटर इन्जिनियर रहेका गौरवले नयाँ कार्यकालमा पनि सबै नेपालीको साथ र विश्वासको अपेक्षा गर्दै सामाजिक एकता र सहयोगमा आधारित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा शंकर पौडेल, महासचिवमा अनिल थापा, सचिवमा सञ्जिव पाठक, कोषाध्यक्षमा विनिता अधिकारी र सदस्यहरूमा सिर्जना उप्रेती, रिना श्रेष्ठ, मकेश्वर राय, दिपा विष्ट र लालबाबु ठाकुर चयन भएका छन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष कुवेर दाहालले आफ्नो कार्यकालमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए। उनले समाजलाई अझ बलियो बनाउन नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गरे।

दशैं विशेष कार्यक्रमका अवसरमा नेपाली सांस्कृतिक नृत्य, गायन तथा शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बु, थारु, मिथिला र क्षेत्री समुदायको सांस्कृतिक पहिरनमा र्याम्प वाकसमेत गरिएको थियो। कार्यक्रमलाई नेपाली समाजका दोस्रो पुस्ताका युवाहरु परिशा चालिसे र सेजल अधिकारीले आकर्षक शैलीमा सञ्चालन गरेका थिए।

करीब ४०० भन्दा बढी नेपाली परिवारको सहभागिता रहेको सो कार्यक्रममा उपस्थित सबैले विजयादशमीको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरूको एकता, संस्कृति र सहकार्यलाई अझ मजबुत बनाएको सहभागीहरूको अनुभव थियो।

प्रकाशित मिति : २०८२, १६ आश्विन बिहीबार  ११ : १७ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती