२०८२, ६ माघ मंगलबार

सुदन किराँतीको स्पष्ट प्रहार : ‘जेनजी विद्रोहको मुख्य जिम्मेवार माओवादी’

सुदन किराँतीको स्पष्ट प्रहार : ‘जेनजी विद्रोहको मुख्य जिम्मेवार माओवादी’

माओवादी र नेकपा एससँगको एकता हानिकारक


काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किराँतीले जेनजी विद्रोहको मूल कारण आफ्नो पार्टी नै भएको बताएका छन्। केन्द्रीय कमिटीको पहिलो दिन आयोजित बैठकमा किराँतीले नेताहरू परिवार, पैसा, सुन र धनको पछि लाग्दा जनता निराश भएको बताए। उनले भने, “आत्म स्वीकार गरौं। कांग्रेस र एमालेको भ्रष्टाचारको विरोधमा जनयुद्ध गरेका थियौं, तर हामी पनि उस्तै देखिएर जनता निराश भए। नेताले मृत्युको प्रवाह गरेनन्, त्यस बेला पार्टी बलियो भयो। जीवनको लोभ गर्न थाल्दा पार्टी कमजोर भयो। हामी कमजोरी यसरी भयौँ।”

किराँतीले पार्टीलाई यथास्थितिमा अघि बढाउन निर्देशक कमिटी बनाएर सबै पदाधिकारीले राजीनामा दिनुपर्ने, स्थायी समितिका वरिष्ठ नेतालाई संयोजक बनाउने, र अधिवेशनमार्फत नेतृत्व छाड्ने ग्यारेन्टी लिनुपर्ने प्रस्ताव राखे। उनले नेकपा एससँगको पार्टी एकता हानिकारक भएको पनि स्पष्ट पार्दै भने, “माधव नेपालमाथि भ्रष्टाचार मुद्दा चलिरहँदा एकता गरेर जनतामाझ जान सकिँदैन। मुद्दा निष्कर्षमा आएपछि मात्र एकता गर्न सकिन्छ। जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको हो, र हाम्रो पार्टीले पनि सुशासनको कुरा उठाउँदै आएको छ।”

प्रकाशित मिति : २०८२, १० आश्विन शुक्रबार  १० : ४६ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित