२०८२, ६ माघ मंगलबार

“देश बचाउन लडेँ, भ्रष्टाचार नगर्नु मेरो अपराध भएछ” : ओली

“देश बचाउन लडेँ, भ्रष्टाचार नगर्नु मेरो अपराध भएछ” : ओली


काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भइरहेको राजनीतिक प्रहारलाई अस्वाभाविक र षड्यन्त्रपूर्ण भएको बताएका छन्।

उनले देशलाई विकास, सुशासन र स्थायित्वतर्फ डोर्याउने आफ्नो प्रयासकै कारण केही शक्तिहरू आतङ्कित भई निराधार आरोप लगाइरहेको दाबी गरे। बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँगको छलफलमा ओलीले दृढ स्वरमा भने, “मेरो अपराध के होरु भ्रष्टाचार नगर्नु अपराध भयोरु मैले कहिल्यै भ्रष्टाचार गरेको छैन, गर्दिनँ र भविष्यमा पनि गर्दिनँ। यही मेरो अपराध ठहरियो।”

उनले हालैको जेनजी आन्दोलनपछि आफूलाई योजनाबद्ध रूपमा निशानामा पारिएको आरोप लगाए। “२३ र २४ गतेको आन्दोलन जनआवाज थियो, तर त्यसमा आगजनी, तोडफोड गर्ने तत्वहरू जेनजी होइनन्। तर मलाई बदनाम गर्ने षड्यन्त्र भयो,” ओलीले स्पष्ट पारे। ओलिका अनुसार, आफ्नो नेतृत्वमा देशले राजनीतिक अस्थिरता पार गरेर विकासको खाका पाएको थियो। उनले हिंसात्मक विचारधारा बोक्ने शक्तिलाई पनि राष्ट्रिय एकताको मूलधारमा ल्याएको दाबी गरे। “मैले समाजलाई हिंसाबाट टाढा राखी शान्ति र सुव्यवस्था कायम गर्ने नेतृत्व गरेको थिएँ। तर मकैलाई प्रहार गरेर हिंसा मच्चाउने कोसिस भइरहेको छ,” उनले भने।

ओलिले अप्रत्यक्ष रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० तर्फ संकेत गर्दै, देशलाई अस्थिर पार्ने अभिव्यक्ति दिनेहरूलाई सरकारकै खोजीमा ल्याउनुपर्ने बताए। “सिंहदरबार जलाउँछु, बालुवाटार घेरिन्छु भन्ने धम्की दिनेहरूलाई सरकारले किन मौन धारण गरेको छरु” भन्ने प्रश्न गर्दै उनले मुलुकलाई अराजकता र अराजनीतितर्फ धकेल्ने प्रवृत्तिलाई रोक्न आग्रह गरे ।

ओलीले आफ्नो कार्यकाललाई “देशलाई आधुनिक विकासको बाटोमा अघि बढाउने स्वर्णिम प्रयास” को रूपमा चित्रण गर्दै जनतालाई फेरि पनि शान्ति, स्थायित्व र सुशासनमा विश्वास गर्न अपिल गरे। उनका अनुसार, नेपालको भविष्य विकास, सुशासन र इमानदारीतामा आधारित हुन्छ, जसलाई रोक्न न त प्रतिक्रान्तिकारी नाराले सक्छ, न त अवसरवादी गठजोडले।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ९ : ०६ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित