२०८३, ३० भाद्र बुधबार

“देश बचाउन लडेँ, भ्रष्टाचार नगर्नु मेरो अपराध भएछ” : ओली

“देश बचाउन लडेँ, भ्रष्टाचार नगर्नु मेरो अपराध भएछ” : ओली


काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भइरहेको राजनीतिक प्रहारलाई अस्वाभाविक र षड्यन्त्रपूर्ण भएको बताएका छन्।

उनले देशलाई विकास, सुशासन र स्थायित्वतर्फ डोर्याउने आफ्नो प्रयासकै कारण केही शक्तिहरू आतङ्कित भई निराधार आरोप लगाइरहेको दाबी गरे। बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँगको छलफलमा ओलीले दृढ स्वरमा भने, “मेरो अपराध के होरु भ्रष्टाचार नगर्नु अपराध भयोरु मैले कहिल्यै भ्रष्टाचार गरेको छैन, गर्दिनँ र भविष्यमा पनि गर्दिनँ। यही मेरो अपराध ठहरियो।”

उनले हालैको जेनजी आन्दोलनपछि आफूलाई योजनाबद्ध रूपमा निशानामा पारिएको आरोप लगाए। “२३ र २४ गतेको आन्दोलन जनआवाज थियो, तर त्यसमा आगजनी, तोडफोड गर्ने तत्वहरू जेनजी होइनन्। तर मलाई बदनाम गर्ने षड्यन्त्र भयो,” ओलीले स्पष्ट पारे। ओलिका अनुसार, आफ्नो नेतृत्वमा देशले राजनीतिक अस्थिरता पार गरेर विकासको खाका पाएको थियो। उनले हिंसात्मक विचारधारा बोक्ने शक्तिलाई पनि राष्ट्रिय एकताको मूलधारमा ल्याएको दाबी गरे। “मैले समाजलाई हिंसाबाट टाढा राखी शान्ति र सुव्यवस्था कायम गर्ने नेतृत्व गरेको थिएँ। तर मकैलाई प्रहार गरेर हिंसा मच्चाउने कोसिस भइरहेको छ,” उनले भने।

ओलिले अप्रत्यक्ष रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० तर्फ संकेत गर्दै, देशलाई अस्थिर पार्ने अभिव्यक्ति दिनेहरूलाई सरकारकै खोजीमा ल्याउनुपर्ने बताए। “सिंहदरबार जलाउँछु, बालुवाटार घेरिन्छु भन्ने धम्की दिनेहरूलाई सरकारले किन मौन धारण गरेको छरु” भन्ने प्रश्न गर्दै उनले मुलुकलाई अराजकता र अराजनीतितर्फ धकेल्ने प्रवृत्तिलाई रोक्न आग्रह गरे ।

ओलीले आफ्नो कार्यकाललाई “देशलाई आधुनिक विकासको बाटोमा अघि बढाउने स्वर्णिम प्रयास” को रूपमा चित्रण गर्दै जनतालाई फेरि पनि शान्ति, स्थायित्व र सुशासनमा विश्वास गर्न अपिल गरे। उनका अनुसार, नेपालको भविष्य विकास, सुशासन र इमानदारीतामा आधारित हुन्छ, जसलाई रोक्न न त प्रतिक्रान्तिकारी नाराले सक्छ, न त अवसरवादी गठजोडले।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ९ : ०६ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको