२०८३, २७ भाद्र आईतबार

सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बचत तथा बीमा योजना सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बचत तथा बीमा योजना सार्वजनिक


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ योजना ‘सिटिजन सेभिङ्ग्स ग्रोथ प्लान’ सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको यस योजनाले ग्राहकलाई भविष्यका लागि नियमित बचत गर्न सक्ने सुविधा दिनुका साथै जीवन बीमाको सुरक्षा समेत उपलब्ध गराउने जनाएको छ ।

यो योजना अन्तर्गत बीमितले सिंगल वा नियमित किस्ता मार्फत प्रिमियम तिर्न सक्नेछन्। १८ वर्षदेखि ५५ वर्षसम्मका नेपाली नागरिकले न्यूनतम १० वर्षदेखि अधिकतम २० वर्षसम्मको अवधिका लागि बीमा गर्न सक्ने कम्पनीले जनाएको छ। बीमा अवधिभर प्रिमियम भुक्तानी भइरहेको अवस्थामा बीमितको निधन भएमा बीमित रकम वा खातामूल्य मध्ये जे बढी हुन्छ सो रकम लाभग्राहीलाई उपलब्ध गराइनेछ। साथै, दुर्घटनाबाट मृत्यु वा स्थायी अपाङ्गता भएमा अतिरिक्त भुक्तानीको व्यवस्था गरिएको छ। अवधि पूरा भएपछि खातामा संचित रकमसहित अन्तिम ६० महिनाको औसत खातामूल्यको ३ प्रतिशत बराबरको लॉयल्टी बोनस प्रदान गरिने कम्पनीले जनाएको छ।

यस योजनामा न्यूनतम प्रिमियम रकम नियमित भुक्तानी गर्ने ग्राहकका लागि १२ हजार रुपैयाँ र सिंगल प्रिमियममा ३० हजार रुपैयाँ तोकिएको छ। बीमितले अधिकतम ७० वर्ष उमेरसम्म बीमा सुविधा लिन सक्नेछन्। ग्राहकले यस योजनाबाट ऋण सुविधा पनि लिन सक्नेछन्। नीति ऋणको रुपमा संचित रकमको ९० प्रतिशतसम्म लिन सकिने र न्यूनतम ऋण रकम १ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ। सिटिजन लाइफले यो योजना बचतसँगै दीर्घकालीन जीवन सुरक्षा चाहनेका लागि उपयुक्त हुने विश्वास लिएको छ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  १० : ४७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।