२०८२, ६ माघ मंगलबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता समसामयिक विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता समसामयिक विषयमा छलफल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे गम्भीर छलफल गरिएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीका विषयमा सरकारका तर्फबाट भइरहेको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्। भेटमा निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम चाल्ने प्रतिबद्धता दुबै पक्षबाट व्यक्त भएको बताइएको छ।

देशको पछिल्लो राजनीतिक अवस्था र संक्रमणकालीन परिस्थितिका सन्दर्भमा राष्ट्रपतिको सक्रिय संवादको प्रयासस्वरूप यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।राष्ट्रपति पौडेलले संविधानको मर्म र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२, ८ आश्विन बुधबार  ३ : १० बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित