२०८३, १२ असार शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता समसामयिक विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता समसामयिक विषयमा छलफल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे गम्भीर छलफल गरिएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीका विषयमा सरकारका तर्फबाट भइरहेको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्। भेटमा निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम चाल्ने प्रतिबद्धता दुबै पक्षबाट व्यक्त भएको बताइएको छ।

देशको पछिल्लो राजनीतिक अवस्था र संक्रमणकालीन परिस्थितिका सन्दर्भमा राष्ट्रपतिको सक्रिय संवादको प्रयासस्वरूप यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।राष्ट्रपति पौडेलले संविधानको मर्म र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२, ८ आश्विन बुधबार  ३ : १० बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि