२०८३, ११ कार्तिक बुधबार

धुलिखेल-खावा सडक वर्षा लागेपछि हिलो, घाम लागेपछि धुलो-जनतालाई वर्षौंको सास्ती

धुलिखेल-खावा सडक वर्षा लागेपछि हिलो, घाम लागेपछि धुलो-जनतालाई वर्षौंको सास्ती


काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डको अवस्था अहिले अत्यन्तै नाजुक बनेको छ । करिब ४ किलोमिटरको दूरी पार गर्नै पनि सर्वसाधारणलाई दिनहुँ धुलो र हिलोको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

स्थानीयबासीका अनुसार, सडक घाम लागे धुलाम्मे र वर्षा हुँदा हिलाम्मे हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको हो। निर्माण कार्यमा ढिलाइ, जिम्मेवारीविहीन ठेकेदार कम्पनी र कमजोर सरकारी अनुगमन यस समस्याको मुख्य कारण मानिएको छ। उक्त सडक निर्माणको लागि गौरी पार्वती निर्माण सेवा प्रा.लि. नामक कम्पनीले २०७९ जेठ २० गते ठेक्का पाएको थियो। २०७९ चैत १९ गतेभित्र सम्पन्न गर्ने शर्तसहित रु २० करोड १९ लाख ४६ हजार ५ सयको लागतमा सम्झौता गरिएको थियो।

तर, कम्पनीले समयमै काम नगरेपछि सडक डिभिजन कार्यालय, भक्तपुरले ठेक्का रद्द गरिसकेको छ। पछिल्लो एक वर्षदेखि निर्माण कार्य रोकिएको छ, जसले गर्दा सडक झनै बिग्रिएको छ। यो सडक नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्टयुक्त बेस हाल्ने र त्यसपछि डिबिएम तथा आस्फाल्ट कालोपत्र गर्ने प्रयोगात्मक योजना अन्तर्गत विस्तार गरिँदै थियो। तर, ठेकेदारको कामप्रतिको लापरवाहीका कारण उक्त प्रविधि परीक्षणमै सीमित भएको छ।

अरनिको राजमार्ग नेपाल–चीनबीचको व्यापारिक नाका तातोपानीसँग जोडिएको प्रमुख सडक हो। यसले सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत पूर्वी पहाडी जिल्लालाई राजधानीसँग जोड्ने काम गर्छ। यति महत्वपूर्ण सडकखण्डको निर्माण कार्यमै यस्तो लापरवाही र उदासीनता देखिनु गम्भीर चिन्ताको विषय भएको स्थानीयको भनाइ छ। स्थानीयवासीहरू वर्षौंदेखि धुलो र हिलोमा गुजारा गर्न बाध्य छन् । स्कुल जाने बालबालिका, बिरामी बोक्ने एम्बुलेन्स, यात्रु बसदेखि मालवाहक सवारीसाधन सबैले समस्या भोगिरहेका छन् । उनीहरूले सम्बन्धित निकायलाई जिम्मेवार बन्न, ठेकेदारलाई कारबाही गर्न र सडक निर्माण फेरि तत्काल सुरु गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२, ८ आश्विन बुधबार  १० : ५१ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा